मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हेटौंडा तेस्रो नम्बरको सफा सहर, धनकुटा पहिलो


  • समाज
  • 2 पटक पढिएको
हेटौंडा, १७ साउन । यस वर्षको देशकै ३ सफा सहरमध्ये हेटौंडा उपहानगरपालिका तेस्रो नम्बरमा परेको छ । संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले मंगलबार हेटौंडालाई तेस्रो सफा सहरको रुपमा घोषणा गरेको हो । तेस्रो नम्बरको सफा सहर भएसँगै हेटौंडा उपमहानगरपालिकाले प्रमाणपत्र सहित ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

हेटौंडा तेस्रो नम्बरको सफा सहर, धनकुटा पहिलो


देशकै सफा सहरहरुमध्ये धनकुटा नगरपालिका पहिलो र ईलाम नगरपालिका दोस्रो सफा सहरको रुपमा घोषणा भएको छ । स्रोत वर्गीकरण तथा व्यवस्थापनमा ५० अंक, खानेपानीमा ६ अंक, ढलमा १५ अंक, सहरको हरियाली र सौन्दर्यमा १९ अंक र नगरको सरसफाई र शाखाको संरचनामा १० अंक गरी जम्मा १ सय अंकको आधारमा बर्गीकरण गरे अनुसार हेटौंडा तेस्रो नम्बरमा परेको हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक बिके महर्जनले बताए ।

केन्द्रले आर्थिक बर्ष २०७३–७४ को बार्षिक कार्यक्रम बमोजिम फोहरमैला व्यवस्थापनमा विशेष योगदान पु¥याउने उत्कृष्ट तीन नगरपालिकालाई सफा सहर पुरस्कार र सम्मान गरेको हो । पुरस्कृत हुने नगरपालिकाहरुले क्रमशः दश लाख, ६ लाख र ४ लाख रुपैंयासहित सम्मान पत्र पाउने छन् ।
गतआर्थिक बर्ष २०७२–७३ मा सफा शहर घोषणा हुँदै वालिङ्ग, धनकुटा र ईलामले क्रमशः प्रथम, दोश्रो र तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top