मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

युवा रेडक्रस सर्कलले खुल्ला हाजिरिजवाफ प्रतियोगिता गर्ने


  • समाज
  • 206 पटक पढिएको
युवा रेडक्रस सर्कल हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को आयोजनमा मकवानपुरकै सर्वा्धिक पुरस्कार राशिको खुल्ला हाजिरिजवाफ प्रतियोगिताको आयोजना हुने भएको छ । आउँदो भदौ १७ गते आयोजना हुने प्रतियोगिताको विषयमा जानकारी दिने उदेश्यले आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक निरजसिह ठकुरीले मकवानपुरमा सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता गर्न लागेको बताए ।

युवा रेडक्रस सर्कलले खुल्ला हाजिरिजवाफ प्रतियोगिता गर्ने

 ठकुरीको अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोश्रो हुनेले १० हजार तथा तेश्रो हुनेले नगद ५ हजार प्राप्त गर्नेछन् । ५० वटा टिमको सहभागिताको लक्ष्य राखिएको प्रतियोगिताले पुन हाजिरिजवाफ प्रतियोगिताको क्रेजलाई मकवानपुरमा फर्काउने प्रयास समेत गर्ने ठकुरीको भनाई रहेको छ । केहि वर्ष अघिसम्म मकवानपुरमा खुल्ला तथा विद्यालय स्तरका हाजिरिजवाफ प्रतियोगिता हुने गरेको थियो । ति प्रतियोगितालाई विद्यालयले आफ्नो प्रतिष्ठाको विषय समेत बनाउने गरेका थिए । पत्रकार सम्मेलनमा सर्कलका अध्यक्ष हिम्मत श्रेष्ठ, सचिव श्यामहरी दाहाल, सह–कोषाध्यक्ष अभि मैनाली लगायतको उपस्थिती रहेको  थियो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top