हेटौंडा यस वर्ष पनि देशकै सफा सहर घोषणा हुँदै
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

हेटौंडा यस वर्ष पनि देशकै सफा सहर घोषणा हुँदै

मकवानपुर समाचार प्रकाशित मिति:

हेटौंडा, १७ साउन । हेटौंडा उपहानगरपालिका यस वर्ष पनि देशकै सफा सहर घोषणा हुन लागेको छ । यस अघि समेत सफा सहरका रुपमा घोषणा भएको हेटौंडा दोश्रो पटक देशकै ३ सफा सहरमध्ये १ सफा सहरका रुपमा घोषणा हुने भएको हो । संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले यस्तो घोषणा गरेको हो । आर्थिक बर्ष २०७१–७२ मा हेटौंडाले एकमात्र सफा सहरको कदरपत्रसहित पाँच लाख रुपैंया पुरस्कार पाउन सफल भएको थियो

फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणी ज्ञवालीले हेटौंडासहित पुरस्कृत हुने तीन नगरपालिकालाई पत्राचार समेत गरेको छ । केन्द्रले आर्थिक बर्ष २०७३–७४ को बार्षिक कार्यक्रम बमोजिम फोहरमैला व्यवस्थापनमा विशेष योगदान पु¥याउने उत्कृष्ट तीन नगरपालिकालाई सफा सहर पुरस्कार र सम्मान गर्न लागेको हो । 

आज मंगलबार संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको सभाकक्षमा कार्यक्रम गरि ३ सफा सहरहरुलाई पुरस्कार प्रदान गरिने छ ।   उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय बिकास मन्त्री विजयकुमार गच्छदारले प्रथम, दोश्रो र तेश्रो हुने नगरपालिकालाई सम्मान गर्ने केन्द्रले जनाएको छ । पुरस्कृत हुने नगरपालिकाहरुले क्रमशः दश लाख, ६ लाख र ४ लाख रुपैंयासहित सम्मान पत्र पाउने छन् ।
गतआर्थिक बर्ष २०७२–७३ मा सफा शहर घोषणा हुँदै वालिङ्ग, धनकुटा र ईलामले क्रमशः प्रथम, दोश्रो र तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216534 Times Visited.

Top