मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

भोजपुरका ३ बालबालिका हत्याबारे सीआइबीद्वारा अनुसन्धान सुरु


  • राष्ट्रिय समाचार
  • 13 पटक पढिएको
१५ साउन, भोजपुर । अरुण गाउँपालिका(३ प्याउलीमा एक महिनाअघि ३ बालबालिकाको हत्या भएको विषयमा अनुसन्धान गति सुस्त भएकोमा चौतर्फी बिरोध हुन थालेपछि शनिबारदेखि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले अनुसन्धान सुरु गरेको छ । प्रहरी नायव उपरीक्षक ददीराम न्यौपानेको नेतृत्वमा रहेको अनुसन्धान टोलीले शनिबारबाट अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरका ३ बालबालिका हत्याबारे सीआइबीद्वारा अनुसन्धान सुरु

असार १० गते घरबाट हराएका बालबालिकाहरुको १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा शव भेटिएको थियो । घटना लगत्तै जिल्ला र विराटनगरस्थित क्षेत्रीय प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरे पनि लामो समयसम्म घटना रहस्यमय नै रहनुमा स्थानीय र सरोकारवालाले विरोध जनाइरहेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई चाँडो कानुनको दायरामा ल्याउन राजकुमार खत्रीको संयोजकत्वमा स्थानीयले संघर्ष समितिसमेत बनाएका छन् । उनीहरुले दबावस्वरुप विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । स्थानीय तह निर्वाचनको संघारमा घटना भएको तथा त्यस क्षेत्रमा सेना, प्रहरीको वाक्लो उपस्थिति रहेका बेला यस्तो जघन्य अपराध हुनुले घटना निकै शंकास्पद बनेको अधिकांश बताउँछन् । संघर्ष समितिले स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेना, प्रहरी, कर्मचारी, स्थानीयवासी सबैलाई अनुसन्धानको घेरामा ल्याउन अनुरोध गरेको छ ।
प्याउलीमा गत असार १२ गते बिहान स्थानीय रवीन्ऽ सापकोटाका १४ वर्षीय छोरा रन्जित सापकोटा, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी शुस्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मृत अवस्थामा भेटिएका थिए । शवको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार तीनै जना बालबालिकाको घाँटीमा बिषसहितको चुइङगम अड्किएको पाइएको छ ।












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top