अस्पतालका कर्मचारी सितारामले आत्माहत्या गरे
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 वामगठबन्धनको जित पछि नयाँ नेपाल –दाहाल     राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश      कमल थापालाई डोरमणी पौडलेको प्रश्न, पटक पटक मन्त्री बन्दा के गर्नु भो ?      फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना, चार वर्षमा सक्ने लक्ष्य      पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामाआज मध्य रातिदेखि मौन अवधी सुरु हुँदै     पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका शैक्षिक संस्था आजदेखि बन्द     जनकपुरमा विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाईंदै     १० र २१ गते कुन कुन जिल्लामा सार्वजनिक बिदा ?     निधन हुनुअघि यसरी गीत गाउँदै थिए खुशीराम पाख्रिन     उत्कृष्ट १० महिला उद्यमी छनौट     मकवानपुरको विकासकोलागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ : थापा   

अस्पतालका कर्मचारी सितारामले आत्माहत्या गरे

मकवानपुर समाचार प्रकाशित मिति:

हेटौंडा, १२ साउन । हेटौंडा अस्पताल विकास समितिका एक जना कार्यालय सहयोगीले बिष सेवन गरी आत्महत्या गरेका छन् । अस्पतालका कार्यालय सहयोगी सिताराम परियार (दुरौली) ले बिष सेवन गरी आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

अस्पताल विकास समितिका निवर्तमान् अध्यक्ष सुनिल मोक्तानलाई आज १२ बजे फोन सम्पर्क गरी आफूले यो अस्पतालमा काम गरेबापत् सधै हेपिनु परेको गुनासो गरेका थिए । मोक्तानका अनुसार, एकोहोरो बोलेका उनले जागीर लगाइ दिएकोमा मोक्तानलाई धन्यवाद दिएका थिए । बरु म मागेर खान्छु यस्तो प्रेशरमा काम गर्न सक्दिन, मैले अस्पतालमा सधैँ टर्चर पाईरहेको छु । मैले राजिनामा समेत बुझाईसकेको छु’ भन्दै निवर्तमान अध्यक्ष मोक्तानलाई फोन गरेका थिए । त्यसको करिब २ घण्टापछि उनले आत्माहत्या गरेका हुन् । उनले करिब २ बजे आत्माहत्या गरेको बताइएको छ । केही दिन अघि सोही अस्पतालका कर्मचारी रमेश श्रेष्ठले आफुले राम्रो काम गर्दागर्दै पनि अस्पतालका मेसुले आफुलाई सधैँ डोमिनेट गर्दै आएको बताएका थिए ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


216466 Times Visited.

Top