मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

चोरवाटोबाट प्लस टु संचालन, कारवाही कहिले हुने ?


  • समाज
  • 1 पटक पढिएको
हेटौंडा, ८ श्रावण/मकवानपुर जिल्लाका केही प्लस टु हरु चोरवाटोवाट संचालनमा आइ विधार्थी भर्ना शुरु गरेका छन् । जसको कारण विधार्थीको भविश्य समेत अन्यौलमा पर्नै भएको छ । हेटौडाको मुख्य वजारमा कार्यालय संचालन गर्दै विधार्थी भर्नाको प्रचार प्रसार गर्ने हेटौडा सिटी कलेज, नारायणी कलेजले साइन्स, व्यवस्थापन मानविकी लगायतका विषयमा विधार्थी भर्ना खुला गरेका छन् ।

चोरवाटोबाट प्लस टु संचालन, कारवाही कहिले हुने ?

 जवकी यी विधालयहरुले कलेज भने अर्काको नाममा चलाउन अनुमति दिएका छन् । प्लस टु संचालन गर्न अनिवार्य रुपमा आफ्नै विद्यालयमा हुनुपर्ने अनिवार्य सर्तलाइ लत्याउदै चोरवाटो वाट भएका विधालयको हवाला दिदै कक्षा संचालन भइरहेको पाइएको छ । तुल्सी मेयरको नाममा विधालय संचालन गर्दैै कलेज तथा प्लस टु भने नारायणी कलेजको नाममा संचालन भइरहेको छ भने जेनिथको नाममा विधालय संचालन गर्दे प्लस टु तथा कलेज भने हेटौडा सिटी कलेजको नाममा चोरवाटो वाट संचालनमा आएको हो ।  विधालयहरुलेनै प्लस टु संचालन गर्नु पर्नेे अनिवार्य सर्त हो जिल्ला शिक्षा अधिकारी विरेन्द्रजंग थापाले वताउनु भयो । प्लसटु भरखर आफूहरु मातहतमा आएको कारण सवै कुरा वुझ्न वाकी रहेको उहाको भनाइ छ । यसै विषयमा हेटौडा सिटी कलेजका संचालक अनिल पान्डे भने आफुहरुले जेनिथको नाममानै प्लस टु संचालन गरेको तर विज्ञापन मात्र कलेजको समेत गरेको वताउनु हुन्छ । यसो त प्लस टु तथा क्याम्पस समेत एकै छानामुनी तथा एकै भवनमा संचालन गर्न नपाउने भएपनि यो नियम पनि अधिकाशं क्याम्पसहरुले पुरा नगरिएको पाइएको छ । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top