मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरका किसानलाई साढे चार करोड अनुदान


  • समाज
  • 22 पटक पढिएको
७ श्रावण/मकवानपुरका किसानले जिल्ला कृषि विकास कार्यालय मकवानपुरबाट गत आर्थिक वर्ष २०७३/७४ मा करिब साढे चार करोड रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण कार्यक्रम, विशेष कृषि उत्पादन कार्यक्रम, कृषि प्रसार कार्यक्रम, बाली विकास कार्यक्रम, साना सिँचाइ कार्यक्रम र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम शीर्षकमा चार करोड ४३ लाख ८३ हजार सात सय ५० रुपैयाँ बराबरको अनुदान वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय प्रमुख निर्मल गदालले बताउनुभयो ।

मकवानपुरका किसानलाई साढे चार करोड अनुदान

कार्यालयले सबैभन्दा बढी अनुदान कृषि प्रसार कार्यक्रममा ९३ लाख ७४ हजार सात सय ५० रुपैयाँ वितरण गरेको उहाँले बताउनुभयो । कृषि प्रसार कार्यक्रमअन्तर्गत प्लास्टिक घर निर्माणका लागि ११ लाख ४९ हजार अनुदान उपलब्ध गराइएको थियो । प्लास्टिक घर निर्माणका लागि ५० प्रतिशत अनुदानमा दुई सय ८३ वटा प्लास्टिक वितरण गरेको उहाँले बताउनुभयो । साना सिँचाइ कार्यक्रमतर्फ कुल अनुदान ४८ लाख ६० हजार रहेको थियो । साना सिँचाइ योजना निर्माण तथा मर्मत सुधार कार्यक्रममा करिब ३१ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ । कृषक समूहको मागअनुसार अनुदान प्रदान गरिएको कृषि विकास कार्यालय प्रमुख गदालले बताउनुभयो । ‘बाली विकास कार्यक्रमअन्तर्गत कुल अनुदान ४९ लाख ६ हजार रुपैयाँ वितरण गरेको छौुं, उहाँले भन्नुभयो, ‘जसमध्ये बिउका लागि दुई लाख ८० हजार रुपैयाँ छ । बाली विकासमा २५ प्रतिशत अनुदानमा आठ मेट्रिक टन बिउ वितरण गरेको कार्यालयको तथ्यांक छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा ५३ लाख अनुदान वितरण गरिएको छ । तरकारीखेती, मसला बाली, भकारो सुधार, बगरखेती, बेमौसमी टनेल निर्माण आदिमा शत्प्रतिशत अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।कार्यालयले राष्ट्रिय पुनर्निर्माण कार्यक्रममा दुई करोड १९ लाख १० हजार रुपैयाँ अनुदान वितरण गरेको छ । विशेष कृषि उत्पादन कार्यक्रम शीर्षकमा कार्यालयले करिब ५० लाख अनुदान दिएको छ । यस कार्यक्रमअन्तर्गत कृषकलाई मलमा प्रतिकेजी १० रुपैयाँ अनुदान दिएको र जिरो इनर्जी पम्पमा शत्प्रतिशत अनुदान दिएको थियो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top