मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

समाज

थाहा उवासंघबाट न्यौपाने र सुमार्गीको सम्मान


  • समाज
  • 32 पटक पढिएको
हेटौंडा, श्रावण ७ । थाहानगर उद्योग वाणिज्य संघ, पालुङ्गले आज आफ्नै सचिवालयमा एक विशेष कार्यक्रम गरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य द्वय राजकुमार न्यौपाने तथा अरुणराज सुमार्गीको सम्मान गरेको छ ।

थाहा उवासंघबाट न्यौपाने र सुमार्गीको सम्मान

थाहानगर उवासंघका अध्यक्ष कविराज खत्रीको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य न्यौपानेले व्यवसायी रहे वाणिज्य संघ रहने भएकोले व्यवसायीकै हकहितमा संघ लाग्नु पर्ने र मकवानपुरको उत्तरी क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यसको विकासकालागि महासंघ मार्फत आफूले भूमिका निर्वाह गर्ने बताएका छन् । कार्यक्रममा अर्का केन्द्रीय सदस्य सुमार्गीले भर्खरै निर्वाचित भएको स्थानीय निकायसँग समन्वय गरी पाराग्लाईडिङ्ग लगायत स्वास्थ्य क्षेत्रका लागि उद्योग वाणिव्य संघले तत्परता देखाउनु पर्ने बताएका छन् । सो सम्मान कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले राजधानी केन्द्रित शिक्षालयलाई दामन पालुङ्ग क्षेत्रमा स्थान्तरण वा स्तरीय शिक्षाका लागि नयाँ संरचना निर्माण गर्न सकेमा शैक्षिक पर्यटनका साथै व्यावसायिक गतिविधि बढ्ने धारणा व्यक्त गरेका छन् । थाहानगर उवासंघका बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकालले समापन मन्तव्य दिनु भएको सम्मान कार्यक्रममा थाहा उवासंघका महासचिव सुरेन्द्रमान प्रधान, महिला समिति सभापति आरति श्रेष्ठ तथा सदस्यहरु, मकवानपुर उवासंघका उपाध्यक्ष कृष्ण अग्रवाल, सल्लाहकार विजेन्द्र अग्रवाल, सदस्य अनिल अग्रवाल, सञ्चारकर्मीलगायत स्थानीय उद्योगी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  नेपाल उद्योग वाणिज्य महासंघको गत चैत्रमा भएको ५१ औं अधिवेशनबाट न्यौपाने निर्वाचित भएका हुन भने मध्यमाञ्चल क्षेत्रीय उवासंघका अध्यक्ष समेत भैसकेका सुमार्गी केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top