मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

राष्ट्रिय समाचार

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदैछ । पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुष्पलाल १९८१ असार १५ गते रामेछापमा जन्मनुभएको थियो । उहाँ शहीद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्छ । उहाँले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित भएपनि प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । उहाँको २०३५ साल साउन ७ गते निर्वासनका बेला भारतमा निधन भएको थियो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top