मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

समाज

वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी


  • समाज
  • 9 पटक पढिएको
६ श्रावण/नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार विचार गोष्ठी कार्यक्रम गरेको छ ।

वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी

 काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता एवं नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको प्रमूख आतिथ्यतामा विचार गोष्ठी भएको हो । प्रमूख अतिथि रेग्मीले क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी रहेको बताउँदै उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गर्नुभएको बताउनुभयो । त्यस्तै प्रमूख अतिथि रेग्मीले २००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोज्नुभएको भन्दै २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभएका वीपीले भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्न रहनुभएको बताउनुभयो । कार्यक्रममा कार्यबाहक सभापति लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रवक्ता प्रदिप कोईराला, जिल्ल सदस्यहरु ईन्दिरा न्यौपाने, मिलन परियार, काँग्रेस नेता भीमसेन महत, नेविसंघका अध्यक्ष राजु खतिवडाले वीपी कोईरालाको योगदानको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पार्टीका सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, सल्लाहकार दामोदर सुवेदी, जिल्ला सदस्यहरु सुनिल दाहाल, राजिव सुवेदी, कृष्णप्रसाद दाहाल, अमृता थापा मगर, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल सचिव सचित थापालगायत पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसैगरी नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस ईकाईद्वारा पनि बीपी कोईरालाको ३५ औं स्मृति दिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम गरेको छ । मकवानपुर क्याम्पस ईकाई अध्यक्ष उमेशलाल स्याङतानको सभाध्यक्षता तथा नेपाल विद्यार्थी संघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र राउतको प्रमूख आतिथ्यतामा भएको गोष्ठीमा विशिष्ट अतिथि नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, जिल्ला सदस्यहरु कविता बर्तौला, सुभाष तिमल्सिना, सुभाष सापकोटा, केशव भारती, मिलन पुडासैनीलगायतले वीपीको बारेमा बोल्नुभएको थियो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top