मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

समाज

सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने


  • समाज
  • 4 पटक पढिएको
मकवानपुरमा पौडिप्रतियोगिताका खेलाडी उत्पादन गर्ने उदेस्यले सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने भएको छ । हेटौडा फुडसल एण्ड सुईमिङ सेन्टरको आयोजनामा सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क रुपमा पौडि प्रशिक्षण दिन लागिएको हो ।

सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने

 हेटौडाका सरकारी बिद्यालयका २५ जना बिद्यार्थी मध्यमा दश जनालाई छनौट गरेर निशुल्क रुपमा पौडिप्रशिक्षण दिन लागिएको हेटौडा फुडसल एण्ड सुईमिङ सेन्टरका अध्यक्ष एम सिल्वालले बताउनुभयो । मकवानपुरमा अन्य खेलकुदको क्षेत्रमा अगाढी भएपनि पौडिको क्षेत्रमा खेलाडी नभएकाले अब बिद्यालय स्तरबाट पौडिका खेलाडी उत्पादन गर्ने उदेस्यले पौडि प्रशिक्षण दिन लागिएको उहाँले बताउनुभयो । हेटौडाको शिद्धार्थ माबि, श्रमिक माबि, आधुनिक राष्ट्रिय माबि, भुटनदेबि माबि र ज्ञानदा माबिका बिद्यार्थीहरु मध्य पौडिमा उत्सुकहरुलाई छनौट गरेर प्रशिक्षण दिन सुरु गरिने पौडि प्रशिक्षक सोमकुमार श्रेष्ठले बताउनुभयो । बर्षको एक सिजनमा यो प्रशिक्षण गरिने छ । यस जिल्लाबाट पौडिका खेलाडी उत्पादन गर्ने मुख्य उदेस्यका साथ जिल्ला खेलकुद बिकाश समिति मकवानपुरको सहकार्यमा गर्न लागिएको हो । बिद्यार्थीलाई चाहिने कस्टुम भने जिल्ला खेलकुद बिकाश समितिले उपलब्ध गराउने समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराजले बताउनुभयो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top