मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता


  • समाज
  • 1 पटक पढिएको
कैलाश गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । सामुदायी सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा कैलाश गाउँपालिकामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता

कार्यक्रममा बोल्दै कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले गाँजा,अफिम लगायत अबैध लागूऔषध खेतीलाई निरुत्साहित गर्न गाउँपालिकाले अभियान सञ्चालन गर्ने बताउनुभयो । त्यसको लागि नयाँ आर्थिक वर्षको बजेटमा समेत विषेश कार्यक्रम राखिने उहाँले बताउनुभयो । विकास र अन्य आर्थिक स्रोतको अभावमा यस क्षेत्रका जनता लागूऔषध खेती गर्न बाध्य रहेको लामाको भनाई छ । उहाँले भरियाको रुपमा ब्यापारीले प्रयोग गरेको सबैभन्दा बढि यसै क्षेत्रका युवाहरु कारागारमा रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
कार्यक्रमा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले लागूऔषध खेती गैह्र कानूनी भन्ने थाहा भएपनि आर्थिक प्रलोभनमा यस क्षेत्रमा खेती नरोकिएको बताउनुभयो । लागूऔषध मुक्त गाउँपालिका निर्माणको लागि प्रहरी प्रशासनले जनशक्ति परिचालनदेखि सचेतना कार्यक्रमहरुमा सहयोग गर्ने बताउनुभयो ।
वडा अध्यक्षहरुले आफ्नो वडामा लागूऔषध,दुब्र्यसनी र अपराध न्युनिकरणको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टल प्रहरी प्रशासन र समुदाय मिलेर काम गर्न सके अपराध नियन्त्रणमा धेरै सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा कैलाश गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ,समुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल,निवर्तमा अध्यक्ष कुमार पौडेल,संस्थापक सचिव श्यामकृष्ण खतिवडा,कोषाध्यक्ष राम प्रसाद कोईराला लगायतको आतिथ्यता रहेको थियो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top