मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

रंगमञ्च

‘छक्का पञ्जा २’ गीत सार्वजनिक


  • रंगमञ्च
  • 38 पटक पढिएको
काठमाडौं, साउन ६ – बहुप्रतिक्षित सिनेमा ‘छक्का पञ्जा २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा समावेश ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीत शुक्रबार बिहान ८ बजे युट्युब च्यानल हाइलाइट्स नेपाल र रेडियो अडियोले एकसाथ सार्वजनिक गरेका हुन् ।

‘छक्का पञ्जा २’ गीत सार्वजनिक

अल्मोडा राना उप्रेती र सुजाता बर्माको आवाज रहेको यो गीतमा केदार घिमिरे, जितु नेपाल, स्वस्तीमा खड्का, स्वरुप पुरुष ढकाल र वर्षा राउतलाई फिचरिङ गरिएको छ । प्रिन्स र दीपकराज गिरीका शब्दमा अल्मोडा राना उप्रेती र प्रिन्सले संगीत भरेका छन् । गीत रिलिज भएसँगै सिनेमामा जितु नेपाल र वर्षा राउत, स्वरुप पुरुष ढकाल र स्वस्तीमा खड्का एकअर्काका कोस्टार भएको अनुमान लगाउन सकिन्छ । कुमारी हलमा विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले गीत सार्वजनिक गर्नुका साथै ‘छक्का पञ्जा’ छायांकन स्थल पनौती १० सलिमटारलाई एम्बुलेन्स पनि हस्तान्तरण गरेको छ ।

‘छक्का पञ्जा’ सफल भएसँगै  निर्माण  टिमले सिनेमाको छायाकंन भएको स्थान पनौती १० सलिमटारको लागि एम्बुलेन्स हस्तान्तरण गर्ने वचन दिएको थियो । त्यो वचन ‘छक्का पञ्जा २’ को गीत सार्वजनिक गर्ने  क्रममा पूरा गरेको छ । काभ्रेको केन्द्रविन्दु पनौती १० सलिमटारमा रहेको उर्गेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स वितरण गरिएको हो । जहाँ छक्का पञ्जाको छायाकंनको लागि निर्माण टोली एक महिना बसेको थियो । गत वर्ष कीर्तिमान कायम गर्ने सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ असोज ११ गते फूलपातीको दिन पारेर रिलिज हुँदैछ । यस सिनेमामा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौड्याल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top