मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

राष्ट्रिय समाचार

हिलो सडकमा चिप्लिएर खोल्सामा खसेका एकजनाको मृत्यु


  • राष्ट्रिय समाचार
  • 23 पटक पढिएको
दैलेख, साउन ३ – आठबीस नगरपालिका-१ सात्तलाका ३८ वर्षका टेकराज जैसीको हिलाम्य सडकको छेउबाट चिप्लिएर खोल्सामा खस्दा ज्यान गएको छ । खम्बडाँडाबाट एक्लै घर जाने क्रममा सोमबार बेलुका पाफेखोलामा खसेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

हिलो सडकमा चिप्लिएर खोल्सामा खसेका एकजनाको मृत्यु

हातको औंला घिनाएर पाक्न थालेपछि खम्बडाँडास्थित मेडिकलमा उपचार गरेर फर्किने क्रममा मध्यपहाडी राजमार्गको चौडा सडक हिलाम्य भएको कारण सडक किनाराबाट हिँड्दा चिप्लिएर खोलामा खसेको प्रहरीले जनाएको छ । आफू घर आउँदै गरेको भनेर मोवाइलबाट घरमा भन्नुभएका जैसी अवेरसम्म पनि घर नपुगेपछि खोजी गर्दा मंगलबार बिहान मात्र शव पाफेखोलामा फेला परेको हो । मोवाइल पानीमा खसेको, टाउकोमा चोट लागेर अत्याधिक रगत बगेको र मुखको भाग पानीमा डुबेको अवस्था फेला परेको प्रहरीले जनाएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top