मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

राष्ट्रिय समाचार

पार्टीलाई अन्तरघात गरेको भन्दै एमालेका १७ जना निष्कासित


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
बैतडी, साउन ३ – नेकपा एमाले बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवारी पदमा बसेर पार्टीलाई अन्तरघात गरेको भन्दै १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको छ । नेकपा एमाले जिल्ला कमिटी बैतडीको १९ औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदिप बोहरा सुबोध, दल बहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यसमेत नरहने गरी कारबाहस् गरेको जिल्ला सचिव लिलाधर भट्टले जानकारी दिनुभयो ।

पार्टीलाई अन्तरघात गरेको भन्दै एमालेका १७ जना निष्कासित

यस्तै पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिह भाट, पार्टी स्कुल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कार्वाही गरिएको उहाँले बताउनुभयो । 
बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाई अन्तरघात गर्नेहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने र सो भन्दा तल्लसम्म पनि पार्टी बिरुद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षता बैठक बसालेर वडा स्तरबाट निर्णय गरि साउन १५ भित्र जिल्लामा पठाउने निर्णयसमेत गरेको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top