मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हेटौंडा सिटी हस्पिटल प्रा.लि.को सोमबारबाट सेवा सुभारम्भ


  • समाज
  • 112 पटक पढिएको
२ श्रावण/हेटौंडा सिटी हस्पिटल प्रा.लि.को सेवा सोमबारबाट सुरु भएको छ । सम्पूर्ण किसिमको सुविधा सम्पन्न हस्पिटलको रुपमा स्थापना भएको भनिएको सिटी हस्पिटल प्रालिले दैनिक रुपमा जुनसुकै रोगका बिरामीहरुको सफल उपचार गर्ने जनाएको छ । हेटौंडा ९ भिन्तुनापथमा स्थापना भएसँगै सप्ताहव्यापी निःशुल्क स्वास्थ्य परिक्षण सेवा श्रावण ६ गते सम्म र श्रावण ७ गते विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य परिक्षण सेवा समेत गराउने भएको छ ।

हेटौंडा सिटी हस्पिटल प्रा.लि.को सोमबारबाट सेवा सुभारम्भ

सेवा सुभारम्भको अवसरमा आम सेवाग्राहीलाई सप्ताहव्यापी निःशुल्क सेवा प्रदान गर्न थालिएको सिटी हस्पिटल प्रालिका संचालक घनश्याम घिमिरेले बताए । हस्पिटलमा प्रत्येक दिन एमडिजिपि बिषेशज्ञ डाक्टर अमित लम्साल र मन्जु घोषद्धारा बिरामीको परिक्षण तथा उपचार सेवा संचालन हुने हस्पिटलले बताएको छ । हस्पिटलमा २४ घण्टा इमरजेन्सी सेवा ,बालरोग ,स्त्रीरोग , फिजिसियन ,लगायतका दैनिक विशेषज्ञ सेवा, भिडियो एक्स रे ,इको इसिजि, एक्स रे सेवा ,गुणस्तरीय ल्याब सेवा ,दन्तरोग उपचार सेवा ,ओपिडी सेवा ,बिरामी भर्ना सेवा लगायतको सेवा दैनिक रुपमा प्रदान गर्ने समेत हस्पिटल स्रोतको दाबी छ । हस्पिटल करिब ४ कठ्ठा जमिनमा फैलिएको छ भने हाल स्थापना कालदेखि ६ महिना सम्म १५ बेडको सुविधा समेत रहेको छ । हस्पिटलमा दैनिक रुपमा विभिन्न रोगको उपचार हुने भएकोले पनि सम्पूर्णलाई सेवाको लागि आमन्त्रण रहेको समेत हस्पिटल संचालक शेखर थपलियाले बताए ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top