मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

समाज

मकवानपुरमा ७० प्रतिशत रोपाई सकियो


  • समाज
  • 17 पटक पढिएको
साउनको पहिलो साता सुरु भैसक्दा समेत मकवानपुरमा धान रोपाँई सक्किएको छैन । मकवानपुर जिल्लामा हाल ७० प्रतिशत मात्र रोपाई भएको जिल्ला कृर्षी बिकास कार्यालयले जनाएको छ । मकवानपुरमा रहेको ३६ हजार ५ सय ४२ हेक्टर खेतीयोग्य जमिन मध्ये वर्षे धान खेतिको लागि ११ हजार २ सय हेक्टर जमिन रहेको छ ।

मकवानपुरमा ७० प्रतिशत रोपाई सकियो

जसमध्ये हालसम्म ७ हजार ९ सय ४० हेक्टर अर्थात ७० प्रतिशत मात्र रोपाँइ भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका योजना अधिकृत सुजन कडेलले बताए । मकवानपुरको ११ हजार २ सय धान खेती हुने जमिन मध्ये ३५ प्रतिशत भागमा मात्र सिंचाइको सुविधा रहेकोले पनि नियमित पानी नपर्दा खेति हुन नसकेको उनको भनाइ रहेको छ । नियमित केहि दिन वर्षात भए श्रावणको अन्तिमसम्ममा पुर्ण रुपमा रोपाई सक्किने संभावना रहेको उनले बताए । मकवानपुर जिल्ला पनि कृषि क्षेत्रमा आधारित रहेर आर्थिकोपार्जन गर्ने जिल्लाको रुपमा रहेको बताउँदै उनले यहाँ मकैपछि धान खेति सबैभन्दा धेरै हुने गरेको बताए । मकवानपुरमा प्रति हेक्टर ३ दशमलब ५० प्रति मेट्रीक टन धान उत्पादन हुने कार्यालयले जनाएको छ । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top