मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

पैसा कति चाहिन्छ दिन्छु, तर सडकमा खाल्डा देखिनु भएन : देउवा


  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
काठमाडौं, साउन १ – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी १५ दिनभित्र मर्मत गर्न निर्देशन दिनुभएको छ । डक विभाग, खानेपानी तथा सरसफाइ मन्त्रालय, ढल विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण लगायतका कार्यालयका जिम्मेवारी व्यक्तिलाई सिंहदरबार बोलाएर देउवाले यस्तो निर्देशन दिनुभएको हो ।

पैसा कति चाहिन्छ दिन्छु, तर सडकमा खाल्डा देखिनु भएन : देउवा

एउटा निकायले सडक बनाउने तर अर्को निकायले तत्कालै भत्काउने गर्दा समस्या देखिएको भन्दै प्रधानमन्त्री देउवाले दीर्घकालीन योजना बनाएर काठमाडौंको एकीकृत विकास गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र कुमार घिमिरेले जानकारी दिनुभयो । ‘सडकका खाल्डा पुर्न पैसा नभएको भए मलाई भन्नुस्, तत्कालै मन्त्रीपरिषद्बाटै निर्णय गराउछु र अर्थ मन्त्रालयलाई पनि निर्देशन दिन तयार छु भनेर प्रधानमन्त्रीले निकै सकारात्मक कुरा गर्र्नुभयो’ प्रधानमन्त्रीले वोलाएको बैठकका सहभागी खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भिम प्रसाद उपाध्यायले उज्यालोसँग भन्नुभयो, ‘उहाँले अहिले भैरहेका कामको तिव्रतामा सन्तुष्टी जनाउनुभयो, तर असुरक्षित तरिकाले भैरहेका कामको बारेमा तत्कालै सुधार गर्न निर्देशन दिनुभयो ।’
प्रधानमन्त्रीले काठमाडौंको सडक दुर्घटनास्थल जस्तो भएकाले तत्कालै मर्मत गर्न निर्देशन दिनुभएको हो । विभिन्न मन्त्रालयका सचिवहरुले मेलम्ची खानेपानीको पाइप विच्छाउँदा सडकमा समस्या देखिएको र काम अन्तिम चरणमा पुगेकोले केहीदिनमै काठमाडौंको सडकमा देखिनेगरी सुधार आउने बताएका छन् । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top