मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त


  • समाज
  • 12 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/आगामी वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । मकवानपुरमा रहेको एक उपमाहानगरपालीका एक नगरपालीका र आठ ओटा गाउँपालीकामा पनि निर्वाचन अधिकृत तोकिएका छन् ।

मकवानपुरको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

यता थाहा नगरपालिकामा जीवनप्रसाद आर्चायलाई निर्वाचन अधिकृतको जिम्बेवारी दिईएको छ । त्यसैगरी गाउँपालीकाहरुमा वागमतीमा चन्द्रप्रकाश तिवारी, बकैयामा रमेश कुमार सुवेदी, मकवानपुरगढीमा देब कुमार राई, भीमफेदीमा हरिप्रसाद भट्ट, मनहरीमा विदुरप्रसाद खनाल, राक्सीराङमा खडानन्द गौतम, कैलाशमा मुक्तिनारायण भण्डारी र इन्द्रसरोबर गाउँपालिकामा हरिप्रसाद पन्त लाई निर्वाचन अधिकृत तोकिएको छ । आयोगले यहि चैत्र २५ गतेदेखि लागु हुने गरी न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत स्तरका  कर्मचारीहरू समेत गरी ६ सय ६९ जनालाई निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृत तोकिएका जिल्ला न्यायाधीशहरुले समेत एक एक स्थानीय तहमा निर्वाचन अधिकृतको रुपमा काम गर्नु पर्ने बताईएको छ । निर्बाचन आयोगले तोकिएका मुख्य निर्वाचन अधिकृतहरुले बैशाख ३ गते र निर्वाचन अधिकृतले वैशाख १२ गतेसम्म आफूलाई खटाएको स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्नुपर्ने आयोगले जनाएको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top