मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

सरकारमा जान सहमति भैसकेको छ, अब कसैले रोक्न सक्दैन् : राणा


  • राष्ट्रिय समाचार
  • 4 पटक पढिएको
काठमाडौं, असार २९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै उहाँले भन्नुभयो ‘सरकारमा सहभागी हुने निश्चित भैसकेको छ, राप्रपा छिट्टै सरकारमा सहभागी हुन्छ ।’

सरकारमा जान सहमति भैसकेको छ, अब कसैले रोक्न सक्दैन् : राणा

उहाँले भन्नुभयो ‘सरकारमा जानेबारे सहमति भैसकेको छ, अब कसैले पनि रोक्न सक्दैन ।’ राणाले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग आफू र पार्टी अध्यक्षले यसअघि नै छलफल गरिसकेको समेत जानकारी दिनुभयो ।  राणाले पार्टीले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा एक ढिक्का भएर मतहाल्ने समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नभयो ‘हाम्रो पार्टी मधेसको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा नै छ, मधेसको समस्या हल गरेर जानुपर्छ, अहिले सदनमा रहेको संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेको छ ।’उहाँले पार्टीका ३७ जनै सांसदहरुले एक ढिक्का भएर प्रस्तावको पक्षमा मतहाल्ने बताउनुभयो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top