मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..   

समाज

मकवानपुरको ७०६ जना उम्मेद्वारको धरौटी जफत


  • समाज
  • 2 पटक पढिएको
गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा २ हजार २ सय ५ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको अनुसार २२०५ उम्मेद्वार मध्य ७०६ जना उम्मेद्वारको धरौटी जफत भएको छ ।

मकवानपुरको ७०६ जना उम्मेद्वारको धरौटी जफत

कार्यालयका अनुसार गत स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा ४८८ जनाले  उम्मेद्वारी दिएका थिए जसमध्ये २०० जनाको धरौटी जफत भएको छ । त्यस्तै थाहानगरपालिकामा २६३ जनाले उम्मेद्वारी दिएका थिए जसमध्ये ९८ जनाको धरौटी जफत भएको छ । मकवानपुरकै बाग्म्ती गाउँपालिकामा १९० जनाले उम्मेद्वारी दिएका थिए जसमध्य ४४ जनाको धरौटी जफत भएको छ । त्यस्तै २४७ जना उम्मेद्वार रहेको बकैया गाउँपालिकामा ६२ जनाको धरौटी जफत, १६४ जना उम्मेद्वार रहेको मकवानपुरगढी गाउँपालिकामा ४८ जनाको धरौटी जफत , १८१ जना उम्मेद्वार रहेका भीमफदी गाउँपालिकामा ४५ जनाको धरौटी जफत, ९६ जना उम्मेद्वार रहेका  इन्द्रसरोवर गाउँपालिकामा ३२ जनाको धरौटी जफत, २०० जना उम्मेद्वार रहेका कैलाश गाउँपालिकामा ४९ जनाको धरौटी जफत, २११ जना उम्मेद्वार रहेको मनहरी गाउँपालिकामा ७३ जनाको धरौटी जफत र १६५ जना उम्मेद्वार रहेका राक्सिराङ गाउँपालिकामा ५५ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका सुचना अधिकारी दिनेश श्रेष्ठले बताए । प्रतिशतमा हेर्ने हो भने सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा ४० प्रतिशत उम्मेद्वारको धरौटी जफत भएको छ भने सबैभन्दा कम बाग्मती गाउँपालिकामा २३ प्रतिशत उम्मेद्वारको धरौटी जफत भएको छ ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top