मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

खोलामा हराएकाको शव निकाल्न खोज्दा प्रहरी नै डुबे


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
असार २७ – कास्कीको हर्पन खोलामा माछा समात्न फालेको बल्छी तान्ने क्रममा वेपत्ता भएकाको खोजीमा खटिएको प्रहरीको उद्धार टीमका एक सदस्यको ज्यान गएको छ । वेपत्ता दुईमध्ये एकको शव भेटिएपछि निकाल्ने क्रममा डुबेर प्रहरी जवान बलबहादुर कुँवरको मंगलबार ज्यान गएको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा कुँवरले ललित पुनको शव भेटेका थिए ।

खोलामा हराएकाको शव निकाल्न खोज्दा प्रहरी नै डुबे

आफ्नो टीमलाई खबर गरेपछि कुँवर शव निकाल्न जाने क्रममा डुबेको प्रहरीले जनाएको छ । पछि उनको उद्धार गरी गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा उपचारका क्रममा ज्यान गएको कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताउनुभयो । कुँवर नेपाल प्रहरीमा गएको ६ वर्षदेखि विपद् व्यवस्थापनमा सक्रिय हुनुहुन्थ्यो । पर्वत कुस्मा नगरपालिका-१२ ठूलीपोखरी घर भएका कुँवर यसअघि विभिन्न समयमा पोखराको सेती नदी, पातले छाँगोलगायत स्थानमा फसेका र खसेकाको उद्धारमा संलग्न रहँदै आउनुभएको थियो । 
माछा समात्न फालेको बल्छी अल्झिएपछि तान्ने क्रममा पोखरा लेखनाथ महानगरपालिका-३ नदीपुरका २४ वर्षका ललित पुन र इन्द्रबहादुर पुन सोमबार दिउँसो ४ बजेदेखि हराएका थिए । ७ जना गएकोमा पोखरा लेखनाथ-१८ चंखपुरस्थित फेवातालको पानीको मुख्य स्रोत हर्पन खोलामा माछा मार्ने क्रममा उनीहरु बगेका थिए । दुवैजनाको शव मंगलबार बिहान ८ बजे र साढे ९ बजे भेटिएको छ ।












Copyright © 2017, All Rights Reserved ! Powered by :
Top