मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी   

समाज

लागुऔषधसहित ५ जना पक्राउ, केही फरार


  • समाज
  • 2 पटक पढिएको
हेटौंडा, २६ असार । मुलुकका विभिन्न जिल्लाबाट गरि प्रहरीले शनिबार र आईतबार ५ जना व्यक्तिहरुलाई लागुऔषधसहित पक्राउ गरेको छ भने केही फरार रहेका छन् । प्रहरीले काठमाडौको बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने १८ वर्षीय साजन कुवँरलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

लागुऔषधसहित ५ जना पक्राउ, केही फरार

प्रहरीले जाँच गर्ने  क्रममा लागू औषध गाँजा १० ग्राम फेला पारी सोधपुछ गर्दा कुवँरले किन्दै आएको मुस्कान चोक बस्ने ४५ वर्षीया संगिता श्रेष्ठको कोठाबाट समेत ३ सय ५० ग्राम गाँजा फेला पारी दुवैजनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–१७ ढल्कु स्थित रेडपाण्डा होटलमा महानगरीय प्रहरी बृत लैनचौरबाट खटिएको  टोलीले जाँच गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले होटलको रुम नम्वर १०१ बाट ललितपुर महानगरपालिका–१९ का ३१ वर्षीय समिर पुजारी, सोही ठाउँ घर भएकी २७ वर्षीया अनिता पुजारी र २९ वर्षीय कविर महर्जनलाई लागूऔषध डाइजेल्याब १ सय २८ एम्पुल, नुरफिन १ सय ५५ ट्याब्लेट, फेनारगन १ सय ६१ एम्पुल र नाईड्रोमेट १४ ट्याब्लेट सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौमा नै बिरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना.७ ख ४७५५ नम्बरको यात्रुबहाक बसबाट प्रहरीले लागू औषध नुरफिन २ सय एम्पुल, फेनारगन ४ सय एम्पुल, डाईजेल्याब ४ सय एम्पुल बरामद गरेको छ । चन्द्रगिरी नगरपालिका–२ नागढुङगामा खटिएको प्रहरी टोलीले आइतबार बसलाई चेकजाँच गर्दा बेवारीसे अबस्थामा उक्त लागू औषध बरामद भएको थियो । 

त्यस्तै प्रहरीले मकवानपुर मनहरी गाउँपालिका–६ स्थित सुनाचोरीको जंगलबाट आइतबार लागू औषध गाँजा करीब १ सय २० केजी बरामद गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी टोलीले बुझ्ने क्रममा गाँजा तस्करहरुले साथमा बोकी ल्याएको उक्त गाँजा छाडेर फरार भएका हुन् । फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिहरेको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top