मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

रंगमञ्च

दान्बिर र आरतिको तीज कोशेली

  • रंगमञ्च
  • 7 पटक पढिएको
बजारमा विभिन्न किसिमका तीज गीत हरु सार्बजनिक भैरहेको अबस्थामा बुटवलका साना साना नानी बाबुले सशक्त अभिनय गरेको तीज भिडियो " माया मिसाउने " पनि सार्बजनिक भएको छ l उज्ज्वल गिरि दान्बिर र आरति रुचालको तीज कोशेलीलाइ स्वाभिमान क्रियाशंले बजारमा ल्याएको छ भने अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l

दान्बिर र आरतिको तीज कोशेली

 बुटवलको बागेस्वोरी कलाकेंद्रमा नृत्य सिक्दै आएका कलाकार प्रसिद्धि ढकाल र प्रविन ले यो भिडियोमा आफ्नो अभिनय देखाएर सबैलाई चकित परेका छन, उनीहरुको अभिनय र नृत्य हेर्दा जो कसैले पनि नया कलाकार भन्ने ठाउँ देखिदैन , ती साना नानी बाबुहरुलाई मेहनतका साथ् कथामा ढाल्ने काम निर्देशक बिष्णु भट्टराई ले गरेका छन l  दीपक गरौजाको शब्द संगीत रहेको गीत बुटवलको तिनाउ पार्टी प्यालेसमा छायांकन  गरिएको थियो l  मिनुज राजा मगरले नृत्य निर्देशन गरेका छन भने सगुन शर्माको श्रीन्गार रहेको छ l १४ जना सहयोगी डान्सर पनि सानो उमेरकी रहेका छन , संयोग, अनुस्का, प्रसिद्धि , प्रविन र दानवीर को अभिनय यो भिडियोमा देख्न सकिन्छ l  भिडियो सार्बजनिक संगै दर्शकले भिडियो अत्यन्तै रुचाए पछि आफुले भबिस्यमा कलाकारिताको क्षेत्रमा केहि गर्ने हिम्मत आएको प्रविन र प्रसिद्धि बताउछन l  दानवीर हास्य कलाकार हुन् आफु हास्यकलाकार भएता पनि यो तीजमा आफुले फरक किसिमको तीज गीत बजारमा ल्याएको बताउछन  हेरौ सार्बजनिक भिडियो 





Copyright © 2017, All Rights Reserved ! Powered by :
Top