मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं     हेटौंडामा बहुप्राबिधिक महाँविद्यालयको शिलान्यास     हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु   

राष्ट्रिय समाचार

पीठाधीश डा. रामानन्द गिरीको देहावसान


  • राष्ट्रिय समाचार
  • 7 पटक पढिएको
२५ असार, हेटौँडा / देवघाटस्थित महेश संन्यास आश्रमका संस्थापक पीठाधीश डा. रामानन्द गिरीको शनिवारराति देहावसान भएको छ । उनको काठमाडौंको पशुपतीदेवपत्तनस्थित शंकराचार्य मठमा ७१ बर्षको उमेरमा देहवसान भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

करिब एक महिनादेखि निमोनिया र दम कारण थलिएका उनको काठमाडौँ स्थित ग्रान्डि हस्पिटलमा उपचार भइरहेको थियो । देवघाट क्षेत्रमा महेश सन्यास आश्रम चलाउँदै आएका गिरीले २ सय बढी विद्यार्थीहरुलाई निशुल्क अध्ययनको व्यवस्था गर्दै आएका थिए । पूर्वीय वाङ्मयका एक अविश्रान्त साधक, संस्कृत शिक्षाका एक महाअभियान्ताका रुपमा गिरीको पहिचान रहिआएको छ । पछिल्लो समय उनी देवघाटमा संस्कृत विश्वविद्यालय बनाउने अभियानमा समेत जुटेका थिए । देवघटामा रहेको महेश सन्यास आश्रम सञ्चालनका लागी मकवानपुरबाट समेत प्रत्येक बर्षको रामनवमीको दिन बर्षभरी विभिन्न भक्तजनहरुले गरेको मुठिदानबाट उठेको अन्न सहयोग हुँदै आएको हेटौँडाका पत्रकार गोकर्ण सुवेदीले जानकारी दिए । गिरीको पार्थिव शरिरलाई आज देवघाटमा समाधिस्थ गरिने बताइएको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top