मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

सल्यान बस दुर्घटनामा २ यात्रुको मृत्यु


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
२५ असार, सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम खत्रीका अनुसार मृतकमध्ये रातो खड्का भन्ने व्यक्तिको मात्र पहिचान खुलेको छ ।

सल्यान बस दुर्घटनामा २ यात्रुको मृत्यु

गम्भीर घाइते मध्ये सिकिस्त ४ जनालाई उपचारको लागि दाङ पठाइएको छ । अन्य घाइतेलाई खलंगा, श्रीनगर, लुहाम लगायतका स्थानमा उपचारका लागि पठाइएको छ । दाङको घोराहीबाट रुकुमका लागि छुटेको ना ४ ख ५७५४ नम्बरको बस त्रिवेणी गाउँपालिका ५ स्थित टुनिबोट र सल्लेखोलाको विचमा सडकबाट करिब एक सय मिटर तल खेतमा खसेको पत्रकार शंकर केसीले जानकारी दिए ।

तिब्र गतिमा रहेको बसले बिपरित दिशाबाट आइरहेको स्कारपियो गाडीलाई साइड दिँदा रुखमा ठोक्किँदै तल खसेको स्थानीयले बताएका छन् । बस यदि रुखमा नठोक्किएको भए अझ ठूलो मानविय क्षती हुन सक्ने प्रहरीको भनाइ छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top