मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल     पाँच वर्षपछी प्रदेश–३ फलफूल मय हुन्छ– मुख्यमन्त्री पौडेल     प्रदेश राजधानी हेटौंडामा संविधान दिवसको भव्य कार्यक्रम, हजारौ जना सडकमा     संविधान र संविधानवाद बिषयक हेटौंडामा विचार गोष्ठी   

समाज

दुई महिनादेखि लाश राख्ने फ्रिजर बिग्रीएको कारण हेटौंडा अस्पातालमा समस्या


  • समाज
  • 1 पटक पढिएको
हेटौडा अस्पतालको सब गृहमा दुई महिनादेखि लाश राख्ने फ्रिजर बिग्रीएको छ । कुनैपनि घटनामा परेपछी पोष्टमार्टम गर्नका लागि सब राख्ने र पोष्टमार्टम पछीपनि सब राख्नका लागि सब गृहको लाश राख्ने फ्रिजर बिग्रदा समस्या भएको हो ।

दुई महिनादेखि लाश राख्ने फ्रिजर बिग्रीएको कारण हेटौंडा अस्पातालमा समस्या

 कुनैपनि घटनामा मृत्यु भएकाहरुको सब नगनाउने गरी राख्नका लागि अस्पतालको सबगृहमा बषौ अगाढी फ्रिजर राखिएको थियो । तर त्यो फ्रिजर दुईमहिना अगाढी बिग्रीएपछी बरफका माध्यमले लासलाई दुर्गन्ध आउन नदिने गरी राखिएको हेटौडा अस्पतालका प्रमुख डाक्टर सर्बेश शर्माले बताउनुभयो । फ्रिजरको सामान बिग्रीएकाले अहिले बनाउनका लागि सामान हेटौडामा नपाउने र स्वास्थ्य बिभागमा भन्दा पनि त्यसको सामान तत्काल उपलब्ध नगराउँदा समस्या भएको शर्माले बताउनुभयो । पुरानो खालको मेसिन भएकाले पनि बिग्रीएपछी सामान पाउनका लागि मुस्कील भएको हो । आज सामान आईसकेको र अब त्यसलाई फिट गर्नका लागि प्राबिधिक बोलाइएको अस्पताल प्रशाशनले जनाएको छ । हिजो पशुपतिनगरमा दुर्घटनामा परि मृत्यु भएको महिलाको सब नगनाउने गरी राख्नका लागि समस्या भएपछी बल्ल अस्पताल प्रशाशन तातेर यसको मर्मत गर्न थालेको हो । अस्पतालमा कुनैपनि घटनामा मृत्यु भएकाहरुको सब पोष्टमार्टमकाा लागि  ल्याएर राखिने गरेको छ । कुनैपनि सब एक दिन भन्दा बढी राखिएमा त्यसले वरपर दुर्घन्ध समेत फैलने गरेको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top