मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

गृहमन्त्री शर्माद्वारा संसदमा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी, पीडितलाई राहत दिइने


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
काठमाडौं, असार २१ – गृहमन्त्री जनार्दन शर्माले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरो तथा यसले पु¥याएको क्षतिबारे संसदमा जानकारी दिनुभएको छ । संसदको बुधबारको बैठकमा गृहमन्त्री शर्माले सिन्धुपाल्चोक, कास्की, सप्तरी, पर्वतलगायत ठाउँमा गएको बाढीपहिरोबारे जानकारी दिँदै यस्ता घटनाबाट हुनसक्ने क्षति रोक्न सरकारका सबै संयन्त्र चुस्त अवस्थामा रहेको दाबी गर्नुभयो ।

गृहमन्त्री शर्माद्वारा संसदमा बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी, पीडितलाई राहत दिइने

उहाँले बाढी पहिरोलगायत विपत्तिमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने पनि बताउनुभयो । उहाँले स्थानीय तहको चुनाव गराउन सहयोग गर्ने सबै राजनीतिक दल तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै दुई नम्बर प्रदेशमा हुने चुनावमा पनि सहयोग गर्न आग्रह गर्नुभयो । गृहमन्त्री शर्माले माघ ७ गतेभित्रै प्रदेश तथा संघको चुनाव गर्न सरकार प्रतिवद्ध रहेको भन्दै त्यसका लागि आवश्यक पर्ने कानुन पनि छिट्टै संसदमा पेश गर्ने बताउनुभयो ।  यस्तै, विपक्षी दलका तर्फबाट एमालेका नेता राजन भट्टराईले स्थानीय शासन ऐन छिटो पारित गर्न माग गर्नुभयो । ऐन पारित नहुँदा जनप्रतिनिधिलाई काम गर्न अप्ठेरो भएको र जनचाहना अनुसार काम गर्न नपाएको उहाँको भनाइ छ । स्थानीय शासन ऐन संसदमा दर्ता भएपनि पारित हुन सकेको छैन ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top