मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 २०७४ माघ १५ गते     झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी   

राष्ट्रिय समाचार

ग्यासको मुल्य २५ रुपैयाँ घट्यो , पेट्रोल, डिजेल र मटितेलमा २ प्रतिलिटर दुई रुपैया कम


  • राष्ट्रिय समाचार
  • 7 पटक पढिएको
असार १८,काठमाण्डौँ/ आयल निगमले आज आइतबार राती १२ बजेदेखि लागु हुनेगरी इन्धनको मुल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटेपछि यहाँ पनि मुल्य घटाएको हो । निगमका बिक्री बितरण विभागका निर्देशक एवम् प्रबक्ता सिताराम पोखरेलका अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेलमा २, मटितेलमा २ र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।

ग्यासको मुल्य २५ रुपैयाँ घट्यो , पेट्रोल, डिजेल  र मटितेलमा २ प्रतिलिटर दुई रुपैया कम

‘भारतीय आयल निगम आइओसी ले जुलाई १ मा पठाएको मुल्यसूची अनुसार इन्धनको मुल्य घटेको देखिन्छ,’ पोखरेलले भने, ‘सोही अनुसार आइतबार रातीबाट लागु हुनेगरी मुल्य घटाएका छौं ।’ नयाँ मुल्यअनुसार प्रतिसिलिन्डर ग्यासको मुल्य १३ सय ५० रुपैया पर्नेछ । हाल १३ सय ७५ रुपैयामा कारोबार हुन्थ्यो ।
यस्तै, प्रतिलिटर पेट्रोलको मुल्य ९८ रुपैयाँ, डिजेल ७४ रुपैयाँ, मटितेल ७४ रुपैयाँ, हवाई इन्धन ९आन्तरिकतर्फ० ८४ रुपैयाँ र हवाई इन्धन ९अन्तर्राष्ट्रियतर्फ० ७३ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोल सय रुपैयाँ, डिजेल ७६, मटितेल ७६, हवाई इन्धन आन्तरिकतर्फ ८६ र अन्तर्राष्ट्रियतर्फ ७७ रुपैयाँमा  बिक्री हुन्थ्यो । आइओसीले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मुल्यसूची पठाउँछ । सरकारले ०७१ असोज देखि पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनमा स्वाचालित मुल्य लागु गरेपछि अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मुल्य समायोजन गर्नुपर्छ । नयाँ मुल्यअनुसार निगमको पाक्षिक नाफा ४० करोड रुपैयाँ नाघेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top