मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडा वजार क्षेत्रबाट ५० मिटर वाटो वन्दैन–मुख्यमन्त्री पौडेल     प्रदेश–३ मा अनुसन्धान ब्युरो गठनको बाटो खुल्यो     शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य     अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा   

राष्ट्रिय समाचार

दाङको तुलसीपुरमा बम विष्फोट, मतदान जारी


  • राष्ट्रिय समाचार
  • 8 पटक पढिएको
१४ असार, घोराही । दाङको तुलसीपुरस्थित एक मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको हो ।

दाङको तुलसीपुरमा बम विष्फोट, मतदान जारी

विष्फोट पछि केहीबेर मतदान रोकिए पनि अहिले निर्वाधरुपमा मतदान चलिरहेको छ । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ९ बजेतिर बम विष्फोट भएपछि ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो देखिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
घोराही उपमहानगरपालिका-१० गिठेपानीमा पनि बिष्फोटक पदार्थ भेटिएको सूचना पाएपछि सुरक्षाकर्रमीको टोली त्यसतर्फ गएको छ । यसैबीच सवारी सञ्चालन अनुपत्र बिनै चलाइएका ६५ बढी सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीबाट एउटा कार, ४८ मोटरसाइकल र १५ रिक्सालाई नियन्त्रणमा लिएको हो ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top