मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

के हो जोर्नी खिइने समस्या? ५ लक्षण र उपचार


  • मकवानपुर समाचार
  • 186 पटक पढिएको
के हो जोर्नी खिइने समस्यारु यसका लक्षण र उपचार के होला ? आर अस्टिओ आर्थाइटिस् उमेर पुगेपछि मानिसमा देखा पर्ने एउटा समस्या हो । अस्टिओ आर्थाइटिस्लाई नेपालीमा जोर्नी खिइने समस्या भनिन्छ । यो समस्या बिशेषगरी महिनावारी बन्द भएका महिलामा देखा पर्छ। जोर्नी खिइने समस्या गाउट, बाथ, जोर्नीमा चोटपटक र क्याल्सियमको कमी भएमा पनि देखिन्छ ।

के हो जोर्नी खिइने समस्या? ५ लक्षण र उपचार

 चोटपटक लागेर जोर्नी खिइने समस्या जुनसुकै मानिसलाई पनि हुनसक्छ । जोर्नी मात्र खिइने समस्यालाई आर्थाइटिस् भनिन्छ। तर उमेर पुगेपछि देखिने जोर्नी खिइने समस्यालाई भने अस्टिओ आर्थाइटिस् भनिन्छ । प्राय अस्टिओ आर्थाइटिस महिलामा ५०र६० र पुरुषमा ६०र७० बर्ष पुगेपछि देखिन्छ । शारीरिक बनावटका कारण पुरुषको तुलनामा महिलामा यो समस्या केही बर्ष अघि नै देखिन्छ । महिलाको जाँघ र तिघ्रामा बोसोको मात्रा बढी हुने भएकाले घुँडाको जोर्नी खिइने समस्या बढी देखिन्छ। यो समस्याबाट बँच्न महिनावारी बन्द भएका महिलाले क्याल्सियमयुक्त खाना बढी खाने र नियमित व्यायाम गरेर तौल घटाउनु पर्छ । शारीरिक व्यायाम गर्दा दौड्ने होइन, समथर मैदानमा छिटोछिटो गरी हिँड्नु पर्छ।

लक्षण
जोर्नी दुख्ने
हिँडडुल गर्न नसक्ने
दैनिक क्रियाकलाप गर्न नसक्ने
निहुरिन नसक्ने
घुँडा सुन्निने
उपचार

यो समस्यामा जोर्नी कति खिइएको छ, सोही डिग्रीका आधारमा उपचार गरिन्छ । यदि जोर्नी भर्खरै खिइन लागेको छ भने व्यायाम र फिजियोथेरापी गरेर समस्याबाट छुटकारा पाउन सकिन्छ । मध्यम अवस्थामा छ भने व्यायाम र फिजियोथेरापीसँंगै खिइएको जोर्नीमा हाइलोरोनिक एसिड भन्ने चिल्लो पदार्थ हाल्नुपर्ने हुन्छ । तर आजभोलि हाइलोरोनीक एसिड नहाली स्टेरोइड हाल्ने गरेको पाइन्छ । मैले भने स्टेरोइड नहाल्ने सल्लाह दिने गरेको छु । किनकि स्टेराइडले जोर्नी भित्रका कुरकुरे हाड नै खाएर झन् कमजोर बनाउँछ। कडा खालको खिइएको छ भने फिजियोथेरापीसहित सानो दुरबिनको सहयोगले जोर्नी सफा गर्नुपर्छ । यो बिधिलाई आर्थसकोपीक लवाज भनिन्छ । यो बिधिले ६० देखि ७० प्रतिशतसम्म समस्याको निराकरण हुन्छ । यो बिधिले पनि समस्या निको नभए जोर्नीको प्रत्यारोपण गर्नुपर्ने हुन्छ । जोर्नी प्रत्यारोपण भनेको खिइएको जोर्नी निकाली स्टिलको जोर्नी राख्नु हो । प्रत्यारोपण शरीरको जुनसुकै जोर्नीको पनि गर्न सकिन्छ। 
घुँडाको जोर्नी प्रत्यारोपण गर्दा दुबै जोर्नीको एकै पटक प्रत्यारोपण गर्नु राम्रो मानिन्छ । प्रत्यारोपण गर्दा ८ देखि १० दिन अस्पतालमा भर्ना भएर बस्नुपर्ने हुन्छ । यो समय प्रत्यारोपण अघि बिरामी कति हिँड्न सक्छ वा कति व्यायाम गर्न सक्छ भन्ने कुरामा पनि निर्भर गर्छ । व्यायाम गर्न सक्ने बिरामी प्रत्यारोपणको अर्को दिन नै हिँड्न सक्छ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top