मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

नारायणगढ–मुग्लिन सडक दिउँसोमा बन्द नहुने, मतदान गर्न जाने यात्रुलाई सहज


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
चितवन । सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ ।

नारायणगढ–मुग्लिन सडक दिउँसोमा बन्द नहुने, मतदान गर्न जाने यात्रुलाई सहज

विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो । वर्षात्सँगै पहिरो खस्ने क्रम बढेको र निर्वाचनमा मतदान गर्न जानेका लागिसमेत अप्ठ्यारो परेपछि आजबाट सडकमा आवागमन नरोकिने भएको हो ।


आज इदको बिदा परेकाले उपत्यकामा रहेका तीनवटा प्रदेशका मतदाता मतदानका लागि आआफ्नो गन्तव्यतर्फ जाँदै छन् । मध्यभागमा रहेकाले उनीहरुले नारायणगढ मुग्लिन सडकखण्ड प्रयोग गर्नुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कुनै पनि बेला पहिरो खस्न सक्ने भएकाले तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको बताए ।


सडकमा २४ सैँ घन्टा सुरक्षाकर्मी, ठेकेदार कम्पनी, आयोजनाका कर्मचारी र जनप्रतिनिधिसहितले अनुगमन गरिरहेकाले दुर्घटना हुन नदिन र यात्रुलाई सहज बनाउन लागिएको छ । रातको समयमा सडक रोक्ने तयारी भएको भए पनि निर्वाचनलाई केन्द्रित गरेर केही दिन दिउँसो र राति दुबै समय सडक सुचारु गर्न लागिएको उनले बताए । सो सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् ।


सो सडकमा हिजो दिउँसो ३ बजे खसेको पहिरो साँझ ७ बजे पन्छाएपछि दुई दिनयता भएको सवारी जाममा कमी आएको प्रहरीले जनाएको छ । मतदान गर्न घर फर्कनेको चाप सुरु भएको छ । रासस







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top