मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

१३ बोरा गाँजासहित दुईजना पक्राउ


  • समाज
  • 5 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/मनहरी–प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं ८ बाट १३ बोरा लागू औषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । लुकाईछिपाई गाँजा राखेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले साबिक काँकडा ४ बाट आरदे सिंह प्रजा र रामकुमार प्रजालाई पक्रेको हो ।

१३ बोरा गाँजासहित दुईजना पक्राउ

उनीहरुलाई घर खानतलासी गर्दा गाँजासहिट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए । आरदे सिंहको घरमा छापामा मार्दा ५ वटा बोरामा रहेको ६७ केजी गाँजा र रामकुमार प्रजाको घरमा छापा मार्दा ८ वटा बोरामा रहेको १६२ केजी गाँजा बरामद गरिएको हो । कूल १३ बोरामा रहेको गाँजाको परिमाण २ क्विन्टल २९ केजी रहेको छ । बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिहरुलाई प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top