मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईंदै


  • राष्ट्रिय समाचार
  • 73 पटक पढिएको
असार १२ – लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘पहिले सुनौं’ भन्ने तय गरिएको छ ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईंदै

बालिबालिका र युवालाई सुन्नु उनीहरुलाई स्वस्थ र सुरक्षित रुपमा हुर्कने पहिलो चरण रहेको भन्दै यो नारा तय गरिएको हो । किशोर किशोरी तथा युवा युवती लागुऔषध दुव्र्यसनमा फस्नु पछिल्लो समय ठूलो चुनौती बनेको छ ।  गृहमन्त्री जनार्दन शर्माले कुलतबाट समाजलाई मुक्त गरेर लागुऔषधमुक्त समाज निर्माण गर्न आग्रह गर्नुभएको छ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यालय र कलेजका विद्यार्थीलाई दुव्र्यसनको कुलतबाट बचाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले विद्यालय उमेरका युवायुवतीलाई नियतवस दुव्र्यसनमा लागेका ग्याङले समेत फसाउने गरेको उल्लेख गर्दै नयाँ पुस्तालाई कुलतबाट जोगाउन जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  गृहमन्त्री शर्माले दुव्र्यसनी नियन्त्रणका लागि आफ्ना अभिभावकले सन्तानलाई सचेत बनाउन आवश्यक रहेको बताउँदै सुर्ती र रक्सीले पनि मानव स्वास्थ्यमा ठूलो क्षति पुर्‍याइरहेकाले यसबाट जोगिनु आवश्यक रहेको छ भन्नुभयो । लागुऔषध निर्मुल गर्दै ओसारपसार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको उहाँले सन्देशमा भन्नुभएको छ । यही असार १२ गते गृहमन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विशेष कार्यक्रम गरेर मनाउँदैछ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top