मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा दिनहुँ डेंगु नियन्त्रण अभियान     मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन   

राष्ट्रिय समाचार

मतदान केन्द्रमा धमाधम मतपेटिका पठाईंदै


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
खोटाङ, असार ९– स्थानीय तहको चुनावका लागि खोटाङका मतदान केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाको एकसय ३६ मतदान स्थलका एकसय ७३ मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो ।

मतदान केन्द्रमा धमाधम मतपेटिका पठाईंदै

मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा बिहीबारदसिख मतपेटिका पठाउन सुरु गरिएको खोटाङका जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । प्रति मतदान केन्द्र एक वटाका दरले मतपेटिका पठाउन थालिएको हो ।  चुनावका लागि विभिन्न गाउँपालिकामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा ११ सय र एकहजार एकसय ५० मतपत्र अट्ने मतपेटिका पठाउन थालिएको छ । शनिबारसम्ममा सबै मतदान केन्द्रमा मतपेटिकासहितका कर्मचारी पुग्ने निर्वाचन कार्यालयले जनाएको छ । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top