मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

समाज

बालविवाह रोक्न बकैयाका धार्मिक अगुवाहरुको ऐक्याबद्धता


  • समाज
  • 6 पटक पढिएको
२८ जेष्ठ –मकवानपुरको बकैया गाउँपालिका वडा नं. ३ मा धार्मिक अगुवाहरुसँग २ दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्नभएको छ । छतिवनमा सिविन र सरोकारवालहरुले थालनी गरेको बालविवाह रोकथाम र न्यूनीकरणको अभियानमाधार्मिक अगुवाहरुको महत्वपूर्ण भूमिकाहुने भएकाले अन्तक्र्रिया कार्यक्रमको आयोजनागरिएको सिविनबाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए ।

बालविवाह रोक्न बकैयाका धार्मिक अगुवाहरुको ऐक्याबद्धता

बकैया गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिलबहादुर बोम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिन्दू, बौद्ध र इसाई धर्मका अगुवाहरु ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बोम्जनले बालविवाह जस्ता सामाजिक कुरीति र अपराधलाई रोकथाम र न्यूनीकरण गर्न आगामीदिनमा वडा समितिको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । 

उक्त कार्यक्रमका बिचमा बौद्ध धर्मका गुरुहरुले समाजमा बालविवाह रोक्नमा सबै धर्मका गुरुहरुको ऐक्यबद्धता र प्रयासको खाँचो रहेको बताए । साथै उनीहरुले हालसम्म बालविवाहको कानूनी ज्ञान कम भएकाले चासो नदिएकोमा यो विषयमा आगामी दिनमा भने कसैले विवाहको लगन जुराउन, साइत हेर्न, विवाहको कुरा टुंगो लगाउन आफुसंग सल्लाह लिन आउँदा विवाह हुनलागेका केटा, केटीको उमेर प्रमाणको कागज हेरेर कानून बमोजिमको उमेर पुगेको पुष्टि हुन आए मात्रै विवाह गराइदिने, उमेर नपुगेको पाइएमा विवाह रोक्नतर्फ लाग्ने बौद्ध धर्मका एक अग्रज अगुवा (लामा) जिन्लप दोर्जे लामाले प्रतिबद्धता जाहेर गरेका थिए । साथै हिन्दू धर्मकापुजारी, पूरोहितहरुले पनि विवाहका लागि आप्mनो सम्पर्कमा आउने समाजका व्यक्तिहरुलाई बालविवाहको बारेमा सचेत गराउने, बालविवाह गर्न गराउन आफ्नो सहभागिता नै सून्य हुने कुरामा प्रतिबद्धता व्यक्त गरे । 

यस्तै गरी इसाई धर्मका अगुवाहरुले पनि आफ्ना मण्डलीहरुमा हरेक नियमित बैठक, भेलामा किशोरकिशोरी, युवाहरु र अभिभावकहरुमाझ बालविवाहको सवालमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । छतिवनको हात्तीसुँडेमा भएको उक्त कार्यक्रमका सहभागीहरुले बालविवाहका विषयमा यस किसिमले धार्मिक अगुवाहरुसँगै मात्रै छलफल गरेको कार्यक्रम सम्भवत पहिलो अनुभव भएको बताए । कार्यक्रमको अन्तमा ३ वटै धर्मकाअगुवाहरु एक हुँदै आफ्ना क्षेत्रमा बालविवाह हुन नदिन आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने भन्दै हस्ताक्षर सहितको सामूहिक लिखित प्रतिबद्धता समेत गरेका थिए ।








सम्बन्धित शिर्षक समाचारहरु



धुर्मुस सुन्तली फाउण्डेशनलाई सरकारले दियो ७० लाख

सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top