मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

समाज

हाँडीखोला प्रवासी समूहद्धारा एम्बुलेन्स हस्तान्तरण


  • समाज
  • 1 पटक पढिएको
मकवानपुरको मनहरी गाउँपालिकाको हाँडीखोलाका स्थानयि वासिन्दाहरु बिरामी परेका बेलामा अस्पताल सम्म बिरामी ल्याउनका लागि कुनैपनि खालका समस्या नहोस भन्ने उदेस्यले आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

हाँडीखोला प्रवासी समूहद्धारा एम्बुलेन्स हस्तान्तरण

हाँडिखोलामा रहेको स्वास्थ्य चौकीलाई बिभीन्न देशमा काम गर्ने सिलसिलामा रहेका युवाहरुले रकम संकलन गरेर एमुलेन्स खरिद गरेर हस्तान्तरण गरेका हुन् । एमुलेन्स हस्तान्तरण भएसंगै हाँडिखोलाका वासिन्दाहरुलाई कुनैपनि समयमा बिरामी परिहालेमा अस्पताल सम्म बिरामी ल्याउनका लागि समस्या हटेको छ । कोरिया, बेलाएत, जापान, अमेरीका, मलेसिया, दुबई लगायतका देशमा काम गर्ने युवाहरुको सत्रियतामा एमुलेन्स खरिद गरेर आज हस्तान्तरण गरिएको हो । हाँडीखोलावासी युवाहरु र स्थानीय समाजसेवी समेतले नयाँ एम्बुलेन्स् खरिद गर्न सहयोग गरेका छन् । आज मनहरी–३ हाँडीखोलास्थित स्वास्थ्य चौकीमा भएको एम्बुलेन्स् हस्तान्तरण कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले हाँडीखोला स्वास्थ्य चौकीका ईन्चार्ज कृष्ण यादवको हातमा चाबी दिँदै एम्बुलेन्स् हस्तान्तरण गरेका हुन् । कामको सिलसिलामा प्रवासमा रहेका हाँडीखोलावासी युवाहरुको समूह ‘हाँडीखोला प्रवासी समूह’ ले १० लाख १४ हजार रुपैयाँ र स्थानीय समाजसेवी तथा एम्बुलेन्स् खरिद अभियानका संयोजक चिरञ्जीवी ढकालले ३ लाख ८ हजार २ सय ८० रुपैयाँ रकम एम्बुलेन्स् खरिद अभियानमा सहयोग गरेका थिए । जसमध्ये  ९ लाख ३८ हजार ९ सय १० रुपैयाँमा एम्बुलेन्स् खरिद गरिएको जानकारी कार्यक्रममा दिइएको थियो । मकवानपुरका मकवानपुरका प्रमुख जिल्ला अधिकारी दुवाडीले एमुलेन्सको सहि सदुपयोग गर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा गैरआवासिय नेपाली संघ बेलायतका अध्यक्ष चिरन्जिवी ढकालले बिदेशबाट निकै कष्टपुर्ण ढंगले कमाएको रकमबाट खरिद गरिउको एमुलेन्सको सहि सदुपयोग गनुपर्ने बताउनुभयो । एम्बुलेन्स् संचालक समितिका अध्यक्ष अर्जुन पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शीवप्रसाद खनाल, हाँडीखोला प्रवासी समूहका सदस्य तथा अभियान्ता सञ्जीव पाठक, स्वास्थ्य चौकी संचालन समितिका पूर्व अध्यक्ष गोपाल पौडेल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top