मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

बकैया ६ गडुवानमा झाडापखालाबाट एक सय जना बिरामी


  • समाज
  • 4 पटक पढिएको
मकवानपुरको पुर्बिक्षेत्रमा रहेको बकैया गाउँपालिका वडानंमबर ६ गडुवानमा झाडापखालाबाट एक सय जना बिरामी परेका छन् । गाउँमा भोजखाँदा स्थानिय वासिन्दाहरु बिरामी परेका हुन् ।

बकैया ६ गडुवानमा झाडापखालाबाट एक सय जना बिरामी

स्थानिय राष्ट्रिय कालिका आधारभुत बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु झडापखालाका कारण धेरै जना बेहोस भएपछी बिद्यालय समेत बन्द गरिएको बिद्यालयकी शिक्षका मानबि पराजुलीले जानकारी दिनुभयो । बिद्यालयमा एकपछी अर्को बिद्यार्थीमा छाडा पखाला र बेहोस समेत हुन थालेपछी बिद्यालयनै बन्द गरिउको र गाउँमा परिवारका सबैजना जसो बिरामी परेको उहाँले बताउनुभयो । बकैया–६ गुडवानमा स्थानीय बलबहादुर लोको घरमा देवालीको समयमा भोज खाँदा अचार खानेहरुजतिलाई झाडापखाला लागेको हो । गाउँका सबै बिरामीपरेपछी गएराती देखि त्यसगाउँमा स्वास्थ्यकर्मीहरु पठाइएको बकैयाँ गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो । बिरामीहरुमा झाडापखाला, पेट दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने, घाँटी समाउने जस्ता लक्षण देखिन थालेपछि गए रातिदेखि उनीहरुको उपचार सुरु गर्नका लागि दुईवटा स्वास्थ्यकर्मीको टिम गाउँमा पठाइएको र उनिहरुको उपचार भईरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले बताउनुभयो । देवालीघरमा खाना खाएको केही समयपछि सबैलाई उस्तै समस्या देखिन थालेपछि स्थानीय तहको बिरामीको उपचारका लागि गएरातीनै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र प्राथमिक स्वास्थ्य केन्द्र छतिवनबाट डाक्टरहरुको उपचार टोलीले निरन्तर उपचार गरिरहेको छ  । धेरैजसो बिरामीको स्वास्थ्यकर्मीको टोलीले आज उपचार गरिसकेको छ । भोजमा सहभागि भएका परिवारका अधिकांश सदस्यहरु बिरामी भएपछी निकै समस्या भएको थियो । हेटौडाबाट त्यस स्थानमा पुसग्नका लागि गएराती नौ बजे स्वास्थ्यकमीृको टोलि हिडेपनि आज बिहान १ बजे मात्र झाडापखालाको स्थानमा टोली पुगेको थियो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top