मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

हेटौडा औद्योगिक क्षेत्रमा सधैकालागि बन्द हड्ताल अन्त्य गर्ने तयारी हुदै : मेयर महत


  • समाज
  • 1 पटक पढिएको
२१ जेष्ठ–हेटौडा उपमहाँनगरपालिकाका नबनिर्बाचित मेयर हरिबहादुर महतले हेटौडा औद्योगिक क्षेत्रमा अबका दिनहरुमा बन्द हड्ताल सधैका निम्ती अन्त्य हुनेगरी काम अगाढी बढाउने तयारी रहेको बताउनुभएको छ ।

हेटौडा औद्योगिक क्षेत्रमा सधैकालागि बन्द हड्ताल अन्त्य गर्ने तयारी हुदै : मेयर महत

उद्योगसंघ मकवानपुरले नबनिर्बाचित मेयर महत, उपमेयर र वडाअध्यक्षहरुको सम्मानमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले औद्योगिक क्षेत्रको हितका निम्त काम गरेर अगाढी बढ्नका लागि आफु तयार रहेको बताउनुभयो । अबको समयमा यहाँका धेरै उद्योग भएकाले उद्योगहरु र उपमहाँनगरपालिका मिलेर दमकल खरिद गर्नका लागि मेयर महतले आग्रह गर्नुभयो । कार्यक्रममा हेटौडा सिमेन्ट उद्योग, औद्योगिक क्षेत्र ब्याबस्थापन लिमीटेड र उद्योग संघ मकवानपुरले संयुक्त रुपमा जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा उद्योग संघ मकवानपुरका निबर्तमान अध्यक्ष ऋसीराम घिमीरे, नारायणी यातायात ब्याबसायी संघ मकवानपुरका अध्यक्ष बद्रीप्रसाद चौलागाँई, हेटौडा औद्योगिक क्षेत्रब्याबस्थापन लिमीटेडका प्रबन्धक नेपालभुषण बैद्य लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । उद्योगसंघ मकवानपुरका अध्यक्ष नबराज अर्यालको अध्यक्षतामा कार्यक्रम भएको हो । 








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top