मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा १०३ केजी गाँजा सहित पाँच जना पक्राउ     हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प     आगामी चुनावपछि मलाई पनि पदमा बसिरहन मन छैन : प्रधानमन्त्री     प्रदेश ३ का ११९ वटै स्थानीय तहका बिद्यालयमा शिक्षक बनेर आइन् नर्स     हेटौँडाको शिवम् फ्युल सेन्टरमा शिलबन्दी     हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते     हेटौंडामा डेंगु नियन्त्रण गर्न सबै एकै साथ लागे मात्र संभव     हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै     प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने तयारी     ‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन      हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे   

राष्ट्रिय समाचार

मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे


  • राष्ट्रिय समाचार
  • 3 पटक पढिएको
१८ जेठ, चितवन । भरतपुर महानगरपालिकामा च्यातिएको मतपत्रबारे के गर्ने भन्ने निर्णय नहुँदै मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।

मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे

जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख धरौटीमा रिहा गरेको हो । उनीहरुलाई प्रहरीले मतगणनास्थलबाटै पक्राउ गरेको थियो । न्यौपाने वाइसीएलका जिल्ला अध्यक्ष हुन् भने सिवाकोटी वाईसीएलकै सदस्य हुन् । न्यायधीश बासुदेव पौडेलको इजलासले निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा १६ माको उपदफा २ बमोजिम धरौटीमा छाड्न आदेश दिएको दालतका निमित्त श्रेष्तेदार धनिप्रसाद चापागाईले जानकारी दिए । मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जवरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top