मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’   

राष्ट्रिय समाचार

नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय प्रहरीको समूह पक्राउ !


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
डोटी, जेठ १८ – बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका(८ मा लालबहादुर आउजीलाई अपरण गर्न खोज्ने भारतीय प्रहरीको समूहलाई जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले नियन्त्रणमा लिएको छ ।

नेपालीलाई अपहरण गर्न खोज्ने भारतीय प्रहरीको समूह पक्राउ !

भारतीय प्रहरीका डिएसपी नागराजको कमाण्डमा आएको उक्त प्रहरी टोलीले आउजीलाई मध्य राति उनकै घरमा कुटपिट गर्नुको साथै हात तथा मुखमा पट्टी बाँधी आफूले ल्याएको गाडीमा लैजान खोजेका थिए । भारतीय प्रहरीको अपहरणमा परेका आउजी अपहरणमुक्त भए पनि उनलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखेको श्रोतले बताएको छ ।  स्थानीय बासिन्दाका अनुसार भारतमा मजदुरी गर्दै आएका लडागडाकै प्रसाद पार्की र अन्य तीन जनासहित भारतीय प्रहरीले लालबहादुरलाई घरबाट राति २ बजे अपहरणको प्रयास गरेका हुन् । स्थानीय बासिन्दाका अनुसार प्रसादले मध्यरातमा लालबहादुरको घरको ढोका ढकढक्याएपछि लालबहादुरकी श्रीमतीले को हो भनी सोध्दा प्रसादले आफ्नो परिचय दिएपछि ढोका खोल्नासाथ भारतीय प्रहरीको समूह भित्र पसेर लालबहादुरलाई हात खुट्टा बाँधी जवरजस्ती गाडीमा हालेर लगेका थिए । 

घटनाको बारेमा स्थानीय बासिन्दाले तत्काल इलाका प्रहरी कार्यालय लडागडामा खवर गरेका थिए । लडागडा प्रहरीले गाडी रोक्न नसकेपछि जिल्ला प्रहरी कार्यालय डोटीलाई खबर गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीको हतियार सहितको टोलीले अपहरणकारी, अपहरित व्यक्ति र अपहरणमा प्रयोग गरिएको गाडी राति नै नियन्त्रणमा लिएको थियो । 

सिलगढी प्रहरी चेक पोष्टमा उक्त गाडी रोक्न खोज्दा भारतीय प्रहरीले रोक्न नमानी भाग्न खोज्दा नेपाल प्रहरीले फायर खोल्ने चेतावनी दिएपछि मात्र उक्त गाडी रोकिएको श्रोतले बतायो । अपहरित लालबहादुरका आफन्तका अनुसार उनलाई हिरासतमा राखिएको छ र कसैलाई भेट्न पनि दिइएको छैन । 

प्रहरी स्रोतका अनुसार लामो समयदेखि भारतको कर्नाटकमा रोजगारी गर्दै आएका लालबहादुर चोरी गरी आठ महिना अघि नेपाल आएका थिए । चोरीको अरोपमा भारतीय प्रहरीले उनलाई खोजी गरिरहेको र अन्य व्यक्तिलाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले अपहरणको शैलीमा आएका व्यक्तिहरु भारतीय प्रहरीका अधिकारी रहेको वा नरहेको भन्ने बारेमा केही सार्वजनिक गरेको छैन । डोटीका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले घटनाको पुष्टि गर्दै यस बारेमा थप अनुसन्धान भइरहेकाले यहि हो भन्न नसकिने बताउनु भयो । 

उहाँले भन्नुभयो ‘हाम्रो अनुसन्धान सुरु भईरहेको छ, यकिन केहो पत्ता लगाउँदै छौँ, अहिलेनै यस्तो भएको हो भन्न सकिने अवस्था छैन ।’ उहाँले आफूले नियन्त्रणमा लिएका व्यक्तिहरु भारतीय हुन वा नेपाली भन्ने बारेमा पनि जानकारी दिन चाहनु भएन ।

उता सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी रोमेन्द्र सिंह देउजाले डोटीमा भएको घटनाका बारेमा आफूलाई बिस्तृत रुपमा जानकारी नआएको बताउनु भयो । उहाँले भन्नु भयो ‘मलाई यस बारेमा विस्तृत जानकारी आएको छैन, बिस्तृतमा बुझ्नुपर्छ, बुझेपछि खवर गरौंला ।’ 

 थुनामा राखिएका भनिएका लालबहादुरलाई आफूहरुले थुनामा नराखेको प्रहरीको दाबी छ । प्रहरीहरु भन्छन् ‘हामीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएका हौं, थुनामा राखेका छैनौं ।’ घटना बारे जिल्ला प्रशासन कार्यालय डोटीलाई जानकारी दिइएको छैन । जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले लडागडामा भएको घटनाका बारेमा प्रहरीले आफूलाई कुनै जानकारी नदिएको बताउनु भयो । 

उहाँले भन्नु भयो ‘तपाईले भनेपछि पो मैले थाहा पाएँ, के भएको रहेछ म बुझ्छु, प्रहरीले मलाई केही खबर गरेको छैन ।’ अपहरणमा संलग्न भएको भनिएको गाडी त्रिपालले ढाकिएका कारण पत्रकारहरुले फोटो समेत खिच्न पाएनन् । प्रहरीले पत्रकारहरुलाई उक्त गाडीको फोटो पनि खिच्न दिएका छैन् । नेपालको सीमाभित्र भारतीय आएर राती दुई बजे अपहरण गर्ने हिम्मत गर्नु सामान्य कुरा नभएको स्थानीय कानून व्यवसायी बताउँछन् । ‘यस घटनाले नेपालको सुरक्षा अवस्था प्रष्ट देखियो, नेपाल प्रहरीको सक्षमतामाथि पनि प्रश्न उठेको छ ।’ यसअघि २०७३ साल वैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट पाँच जना भारतीय नागरिकहरु अबैध हतियारसहित पक्राउ परेका थिए । समातिएकाहरुलाई नेपाल प्रहरीका उच्च पदस्थ कर्मचारीहरुले भारतसमक्ष बुझाएका थिए । http://ujyaaloonline.com











Copyright © 2017, All Rights Reserved ! Powered by :
Top