मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

समाज

मकवानपुरमा अदालत जानेको संख्या बढ्यो


  • समाज
  • 40 पटक पढिएको
हेटौंडा एफएम, २२ चैत/मकवानपुर जिल्लामा गत बर्षको ८ महिनाको तुलनामा यो बर्षको ८ महिनामा मुद्धा दर्ता गराउनेको सङख्या बढेको जिल्ला अदालत मकवानपुरले जनाएको छ । यो आर्थिक बर्षको फागुन मसान्त सम्ममा ७ सय ७७ वटा नया मुद्धा दर्ता भैसकेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार अनन्त राज मरासिनिले बताए ।

मकवानपुरमा अदालत जानेको संख्या बढ्यो

 गत बर्षको ३२६ वटा मुद्धा यो आर्थिक बर्षमा सरेपछि अहिले मकवानपुर जिल्ला अदालतमा यो आर्थिक बर्षमा ११ सय ३ वटा मुद्धा दर्ता भएको तथ्याङकले देखाएको छ । जस मध्ये ५८१ वटा मुद्धा फच्यौट भैसकेका छन भने ५२२ वटा मुद्धाको फच्यौट हुन बाकी नै छ । गत आर्थिक बर्षमा १३२९ वटा मुद्धा दर्ता भएको थियो  तर यो साल ८ महिनामै ११०३ वटा मुद्धा दर्ता भैसकेको छ । धेरै जसो मुद्धाहरु महिला हिंसा र लागुऔसत बिरुद्धको परेको पनि श्रेस्तेदार मरासिनिले बताए ।








Copyright © 2017, All Rights Reserved ! Powered by :
Top