मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

राष्ट्रिय समाचार

संघीय गठबन्धनले गर्यो आन्दोलनको नयाँ कार्यक्रम घोषणा


  • राष्ट्रिय समाचार
  • 16 पटक पढिएको
काठमाडौं, जेठ १७– महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सारिएलगत्तै संघीय गठबन्धनले पनि आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।

संघीय गठबन्धनले गर्यो आन्दोलनको नयाँ कार्यक्रम घोषणा

निर्वाचनको कार्यक्रम प्रभावित तुल्याउने गरी गरिएको आन्दोलनको कार्यक्रमको स्वरुप परिवर्तन गरी उनीहरुले विहीबारदेखि अन्तरक्रिया छलफल लगायतका कार्यक्रम तय गरेका छन् । मुश्लिम समुदायको रमजानका दिन तय गरिएको निर्वाचनको मिति सारिएकोमा सकारात्मक भन्दै गठबन्धनले आन्दोलनको स्वरु परिवर्तन गरेको हो । गठबन्धनले जेठ १८ गतेदेखि २५ गतेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

आन्दोलनको कार्यक्रमअनुसार जेठ १८देखि २१ गतेसम्म गाउँ टोल, गाउँपालिका नगरपालिका स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने, जेठ २२ गते सबै गाउँ टोल तथा वडामा आन्दोलन परिचालन समितिको अन्तरक्रिया र आन्दोलनको रणनीति बनाउने रहेका छन् ।यस्तै, जेठ २४ गते सबै गाउँपालिका वा नगरपालिकाको एक स्थानमा विरोध सभा गर्ने र जेठ २५ गते मधेस, थरुहट, लिम्बुवानमा दिउँसो १बजेदेखि ३ बजेसम्म दुई घण्टा चक्काजाम गर्ने लगायतका कार्यक्रम घोषणा गरिएको छ । गठबन्धनका संयोजक महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषित अवधिभित्र सरकारले संविधान संशोधन, मुद्दा फिर्ता र स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा बढाउने लगायतका माग सम्बोधन गरी निर्वाचनमा जाने वातावरण नबनाएमा सशक्त र कडा आन्दोलनको कार्यक्रम ल्याइने चेतावनी दिएका छन् ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top