मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

राष्ट्रिय समाचार

राजपाका २ दर्जन कार्यकर्ता पक्राउ


  • राष्ट्रिय समाचार
  • 203 पटक पढिएको
१६ जेठ, रौतहट । दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका राजपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

राजपाका २ दर्जन कार्यकर्ता पक्राउ

जिल्ला अदालतमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयलाई घेराउ गरी प्रदर्शन गरिरहेका २ दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अजय गुप्ता, अनिल सिंह, अरुण सिंह, रामेश्वर राय यादव, शेख जमसेद, राजकुमार दास र गीता कुशवाहा लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । केन्द्रीय कार्यक्रम अनुसार नै तराई मधेशका जिल्लाहरुमा राजपाले मंगलबार निर्वाचन कार्यालय घेराउ गरेको जनाएको छ । रौतहट, बारा, सर्लाही लगायतका जिल्लाहरुमा राजपाले प्रदर्शन गरेको छ भने महोत्तरीका विभिन्न गाँउपालिकाहरुमा समेत राजपाका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top