मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल     नारायणी नदीमा दशैं अगाडि नै पानी जहाजमा सरर..     मकवानपुरका गैर सरकारी संस्थाः ‘केहीले राम्रो काम गरे धेरैले कागज मात्र मिलाए’     घरेलु उद्योगहरुको लागि प्रदेश सरकारले विशेष व्यवस्था गरेको छ–मन्त्री नेपाल   

राष्ट्रिय समाचार

दोषीलाई कारवाही सहित मतगणना तत्काल सुचारु गर्न एमालेको माग


  • राष्ट्रिय समाचार
  • 2 पटक पढिएको
भरतपुर, १५ जेठ-गएरातिदेखि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना सुचारु गर्न नेकपा एमालेले माग गरेको छ । गएराति माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि तनाव उत्तपन्न भइ रोकिएको मतगणना कार्यलाई तत्काल सुचारु गर्न जोडदार माग गर्दै एमालेले घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।

दोषीलाई कारवाही सहित मतगणना तत्काल सुचारु गर्न एमालेको माग

भरतपुरमा सोमबार एमाले जिल्ला कमिटी चितवनले बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार देवी ज्ञवालीले जित्नै लाग्दा एमाओवादी केन्द्रका कार्यकर्ताले धाँधली गरेर मतगणना प्रभावित पार्न खोजेको आरोप लगाएको छ । सम्मेलनमा एमाले चितवन जिल्ला कमिटी अध्यक्ष कृष्णभक्त पोख्रेलद्वारा हस्तक्षरित विज्ञप्ति अनुसार निर्वाचन कार्यालयमा मतगणा हुँदै गर्दा माओवादी केन्द्रका द्रोण सिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेल लगायतका प्रतिनिधिहरु छापामार शैलीमा भित्र पसेर भुइँमा थुपारिएको मतपत्र आफ्नो हातमा लिइ च्यातेका थिए । विज्ञप्तिमा भनिएको छ अनुसार उनीहरुलाई मतपत्र सहित उनीहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो । 

यसैगरी एमालेले पत्रकार सम्मेलनमा यस्ता घटना हुन सक्ने भन्दै मतगणनाको सुरुको दिनदेखि नै प्रहरी प्रशासन र निर्वाचन अधिकृतलाई बारम्बार भन्दा पनि सम्बन्धित निकायले गम्भीर नहुँदा यस्तो घटना हुन पुगेको जनाएको छ । एमालेले माओवादी निकटका समाजिक सञ्जाल चलाउने केहीले आफ्नो जनविरोधी अलोकतान्त्रिक कर्तुत ढाकछोप गर्ने उद्देश्यले उक्त घटनाका विषयमा नेकपा एमालेलाई समेत मुछेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ९ ुकपोल्कल्पित, भ्रामक र लज्जाजनक कुराहरु सार्वजनिक गरिएको र त्यस्ता गलत कार्यका नेकपा एमाले खण्डन व्यक्त गर्दै उक्त भ्रममा नपर्न सर्विसाधारण हार्दिक अनुरोध गर्दछ ।ु

भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने १९ नं वडाको मतगणना अन्तिम चरणमा पुग्दा राति ११ः४४ बजे मतपत्र च्यातिएको हो । वडा नं २० को मतगणना गर्न बाँकी रहेको छ । भरतपुर महानगरमा माओवादी केन्द्र र काँग्रेसको संयुक्त गठबन्धनबाट प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीबीच कडा प्रतिस्पर्धा रहेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top