मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम     प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत   

राष्ट्रिय समाचार

चितवनका एसपी भन्छन् – मतपत्र च्यात्दै गर्दा पक्राउ पर्ने माओवादीका प्रतिनिधि हुन्


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
चितवन, जेठ १५ – भरतपुर महानगरपालिकामा मतगणना भैरहँदा माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेको चितवन प्रहरीले पुष्टी गरेको छ ।

चितवनका एसपी भन्छन् – मतपत्र च्यात्दै गर्दा पक्राउ पर्ने माओवादीका प्रतिनिधि हुन्

चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले उज्यालो अनलाइनलाई दिनुभएको जानकारी अनुसार मतपत्र च्यात्दै गरेको अवस्थामा पक्राउ परेका मधु न्यौपाने र द्रोण शिवाकोटी माओवादीका प्रतिनिधि हुन् । 

राती पौने १२ बजे मतगणना भैरहँदा विवाद भएको र त्यहीबेला उनीहरुले मतपत्र च्यातेको एसपी थापाले जानकारी दिनुभयो । ‘डिएसपी साब र म पनि मतगणस्थलै थियौं, विवादका क्रममा दुईजनाले मतपत्र च्याते र उनीहरुलाई तत्काल समात्यौं’ उहाँले भन्नुभयो, ‘समातिएका दुईजना माओवादी केन्द्रको तर्फबाट मतगणनामा प्रतिनिधि भएर खटिएका थिए ।’ 

उहाँका अनुसार गणना गरेर राखिएको मुठाबाट ५० वटा जति मतपत्र च्यातिएको छ भने गणना गर्न बाँकी चार, पाँचवटा मत पत्र च्यातिएको छ । सबै मतपत्रलाई सुरक्षितका साथ राखिएको र मतगणनास्थललाई अहिले सिलबन्दी गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना रोकिएको हो ।रोकिएको मतगणना कसरी सुरु गर्ने भन्नेबारे अन्योल बढेको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले आफू अब निर्वाचन आयोगले भने अनुसार अघि बढ्ने बताउनुभएको छ ।

मतगणना चल्दै गर्दा सोचेजस्तो मत नआएपछि माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको एमालेले आरोप लगाएको छ । मुख्य निर्वाचन अधिकृत न्यौपानले आफु शौचालय गएका बेला मतपत्र च्यातिएकाले मतगणना रोकिएको सूचना टाँस्नुभएको छ । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top