मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण   

राष्ट्रिय समाचार

प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ४ वर्षभित्र निर्माण गर्ने लक्ष्य


  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गरेका छन् ।बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गरेका हुन् ।

प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास, ४ वर्षभित्र निर्माण गर्ने लक्ष्य

फास्ट ट्याक शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताए ।

७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ ।  यो द्रुत मार्गलाई ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । सेनाले फास्ट ट्याक निर्माणलाई १० क्षेत्रमा विभाजन गरेर निर्माण गर्न लागेको जानकारी शिलान्यास कार्यक्रममा दिइयो । सेनाले अन्तर्राष्टिय परामर्श दाता नियुक्त गरेर यसका लागि आवश्यक उच्चस्तरीय दक्ष जनशक्ति प्रवन्ध गर्ने तयारी गरेको छ । खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने फास्ट ट्याक काठमाडौंबाट १ घन्टामा पुग्न सकिने बताइएको छ । सेनाले यसको निर्माणको कार्यविधि बनिरहेको र निर्धारित समयमै निर्माण सक्ने जनाएको छ ।

फास्ट ट्याक ४ लेनको हुनेछ । यसको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । यो मार्गको विभिन्न ९९ स्थानमा पुल बन्नेछन् भने ६ वटा आकासे पुल हुनेछन् ।मकवानपुरको एक खण्डमा डेढ किलोमिटरको सुरुङमार्ग समेत बन्ने जानकारी शिलान्यास कार्यक्रममा दिइयो ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top