मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण   

राष्ट्रिय समाचार

लुक्लामा विमान दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते


  • राष्ट्रिय समाचार
  • 1 पटक पढिएको
काठमाडौं, जेठ १३ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् । दुर्घटनामा जहाजका पाइलट पारस राईको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

लुक्लामा विमान दुर्घटना : चालकको मृत्यु, दुईजना घाइते

को–पाइलट सृजन मानन्धर र विमान परिचारिका प्रज्ञा महर्जन घाइते हुनुभएको छ । घाइते दुवैजनाको पासाङ ल्हामु निकोल्निकी अस्पताल लुक्लामा उपचार भइरहेको छ । राईको उपचारका क्रममा लुक्लामा नै ज्यान गएको हो ।

खराब मौसमका कारण घाइतेलाई उपचारका लागि काठमाडौं ल्याउन कठिनाई भएको छ । मौसम खुल्न साथ घाइतेलाई काठमाडौं पठाउन हेलिकोप्टर तयारी अवस्थामा राखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौंबाट गएको गोमा एयरको बिमान अवतरणका क्रममा दुर्घटना भएको हो । प्रत्यक्षदर्शी आङ फुर्बा शेर्पाका अनुसार विमानस्थलको तल्लो भित्तामा ठोक्किएको बिमान टुक्रिएर नजिकैको खोल्सामा खसेर टुक्रिएको थियो । 







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top