मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा     ‘सबैसंग सहकार्य गरेर काम गर्न तयार छु’ –प्रदेश प्रमुख प्रसाईं   

राष्ट्रिय समाचार

निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन


  • राष्ट्रिय समाचार
  • 5 पटक पढिएको
तेज बन र इटहरी – आगामी जेष्ठ ३१ गते हुने दोश्रो चरणको निर्वाचनमा कुनै प्रकारको अपराधिक गतिविधी हुन नदिन सुनसरीको बिभिन्न क्षेत्रहरूमा सेना परिचालन गरिएको छ । जिल्ला प्रसाशन कार्यालय सुनसरी , निर्वाचन कार्यालयका प्रमुख तथा शरक्षा निकायहरूका प्रमुखबिच सहमति पश्चात सुनसरीमा सेना परिचालन गरिएको हो ।

 निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन

सरकारले दोस्रो चरणको स्थानीय निर्वाचनमा समेत सेना परिचालन गर्ने सहमति लिएसंगै शुरक्षा समितिहरूको बैठकबाट सुनसरीमा सेना परिचालन गरिएको हो । परिचालन भएका नेपाली सेनाले भारतसंग सिमा जोडिएका सुनसरीका बिकट तथा सिमार्वती क्षेत्र संगै बिप्लव माओवादी प्रभावित क्षेत्र र लिम्बुवानको पकड भएको स्थानमा रहेर काम सुरू गरिसकेको जिल्ला प्रसाशन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

दोश्रो चरणको निर्वाचनलार्इ भयरहित वातावरणमा सफल बनाउन जिल्ला प्रसाशन कार्यालयले गुल्म स्थापना भइसकेका सुनसरीको धरान उपमहानगरपालिका स्थित फुस्रे, देवानगन्ज गाउँपालीकाको कप्तानगन्ज, दुहबी नगरपालिको नेपाल विद्युत प्राधिकरणको सव स्टेशन र इनरुवा नगरपालीकाको खानेपानी कार्यालयमा थप एक सय १० जना सेना पठाएर अझ सुरक्षा सतर्कता अपनाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताउनु भयो। निर्वाचनको समयमा कुनै अपराधिक गतिविधीहरू हुन नदिन शुरक्षा सतर्कता अपनाउन चारवटै शुरक्षा निकायका प्रमुखहरूलार्इ हाइअलर्टको निर्देशन दिइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।


यता नेपाली सेनाको पूर्वि पृतना हेड क्वाटरका अनुसार जिल्ला प्रसाशन कार्यालय सुनसरी लगायत चारवटै शुरक्षा निकायहरूबिच सहमति भएपछि सुनसरीमा सेना परिचालन भएको बताएको छ । सो हेडक्वाटरका अनुसार गुल्म स्थापना भएको चारै स्थानहरूमा नेतृत्व फेर बदल गरी कार्य सुरू गरिसकेको बताइएको छ । सुनसरीको कप्तानगन्जमा सेनानी इन्द्र मगर, धरानमा सहसेनानी राजकुमार श्रेष्ठ, इनरुवामा सहसेनानी आमोद कार्की र दुहबीमा सहसेनानी गोविन्द श्रेष्ठको नेतृत्वमा सेना परिचालन गरिएको नेपाली सेनाको पूर्वि पृतना हेड क्वाटर अन्तरगत बटुकदल गणका प्रमुख सेनानी सुलभ खड्काले बताउनु भयो।


यसैगरी जिल्लाका अति बिकट क्षेत्र पश्चिम कुसाहा, हरिनगरा र छिटाहामा समेत सेनाको गुल्म स्थापना गरी निर्वाचनको वातावरण बनाउन लागिएको नेपाली सेनाको पूर्वि पृतना हेड क्वाटरले जनाएको छ । परिचालन भैसकेका  बटुकदल गणबाट सेनाको टोलीले स्थलगत निरीक्षण समेत गरी सकेको बताइको छ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top