मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा   

राष्ट्रिय समाचार

आन्दोलनमा जाने राजपाको निष्कर्ष


  • राष्ट्रिय समाचार
  • 8 पटक पढिएको
काठमाडौं, जेठ १२– मधेस केन्द्रीय ५ पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल चुनाव बहिष्कार गरेर आन्दोलनमा जाने निष्कर्षमा पुगेको छ ।

आन्दोलनमा जाने राजपाको निष्कर्ष

बिहिबार बिहान पार्टी कार्यालय बिजुलीबजारमा बसेको अध्यक्षमण्डलको बैठकले अहिलेकै अवस्थामा चुनावमा जान नसकिने ठहर गर्दै आन्दोलनमा जाने निर्णय गरिएको राजपा नेपालका एक नेताले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार आन्दोलनका कार्यक्रम धर्ना, कोणसभादेखि बन्दहड्तालसम्मको हुने छ । राजपाले तय गरेको आन्दोलनका कार्यक्रमलाई संघीय गठबन्धनको बैठक बसेर अन्तिम रुप दिई आजै अपरान्ह पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।

राजपाले संविधान संशोधन हुनुपर्ने, तराई मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गरिनु पर्ने, चुनाव लड्नको लागि दल दर्ता र निर्वाचन चिन्ह पाउनु पर्ने जस्ता प्रमुख माग राख्दै आएको छ । सरकारले राजपाकै माग पूरा गर्ने प्रयास स्वरुप जेठ ८ मा २२ स्थानीय तह थप्ने निर्णय गरेपनि एकातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ भने राजपाले नै पनि अस्विकार गरेको छ ।







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top